बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

खानेपानी कार्यालयमा अख्तियारले थाल्यो छानबिन

भविन कार्की
3 weeks ago
26/05/2019

संखुवासभा । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयमा अख्तियारले छानविन थालेको छ ।

खानेपानी समिति र निमार्ण कम्पनीले आयोजना सम्पन्न नगरी आयोजना सम्पन्न गरेको कागज पत्र दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीको टोलीले समितिले गरेको सम्पूर्ण कामको फाइल माथि छानविन थालेको बताएको छ ।

आयोजना सम्पन्न नभइ सम्पन्न भएको सिफारिस खाँदबारी खानेपानी समितिले आयोजना सम्पन्न नभइकन सम्पन्न भइ सकेको सिफारिस गरेको पाइएको छ । निर्माण कम्पनीले पूरा धारा जडान समेत नगरेको र पानी समेत नियमित सञ्चालन गर्न नसकिरहेको गुनासो बढेपछि अख्तियारले छानविन थालेको बताएको छ ।

खानेपानी समितिले आयोजनाले काम बाँकी छदै सम्पन्न भएको सिफारिस दिएको रहस्य खुल्न आएको हो । दुई हजार ७७५ धारा जडान भए पनि दुई हजार वटा मात्र सञ्चालनमा रहेको खानेपानी कार्यालयले जनाएको छ । निर्माण कम्पनीले मागअनुसार उपलब्ध गराउने उद्देस्यले मकालु गाउँपालिका ५ सिमाली खोलाबाट पानी ल्याइएको भए पनि नियमित रुपमा पानी उपलब्ध गराउन सकेको छैन । तीन हजार चार सय धाराबाट पानी वितरण गर्ने सहमतिमा गरी आयोजनाले काम सुरु गरेको थियो ।

(Visited 66 times, 1 visits today)
Loading comments...