बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

४५ एसपीको सरुवा, १८ जनालाई जिल्लाको कमान्ड (सूचीसहित)

राजधानी समाचारदाता
1 month ago
26/05/2019

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । यो नियमित सरुवा हो । सरुवामा १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

सरुवा सूचीअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, मोरङमा विश्व अधिकारी, सुनसरीमा यज्ञविनोद पोखरेल, कैलालीमा सुदीप गिरी, बर्दियामा राजेश बाँस्तोला, सप्तरीमा मनोजकुमार यादव, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटा जिल्ला प्रमुख बनेका छन् ।

यस्तै, सिरहामा उमाप्रसाद चतुर्वेदी, उदयपुरमा वीरबहादुर बुढामगर, नवलपरासीमा मोहन पोख्रेल, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डे, पाल्पामा श्यामकृष्ण अधिकारी सरुवा भएका छन् ।

https://nepalpolice.gov.np/images/documents/transer/sp-transfer-janapad-2076-02-12.pdf

(Visited 446 times, 1 visits today)
Loading comments...