बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

 नेपाल आइडल, बुगीवुगी ईद फेस्टिवल ६, जुनमा

राजधानी समाचारदाता
2 weeks ago
04/06/2019

दोहा। कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरमा हुने ‘नेपाल आइडल, बुगीवुगी ईद फेस्टिवल’ को कार्यक्रम जुन ६ मा हुने पक्का भएको छ  ।  ईदको दोस्रो दिन हुने भनेर तय गरिएको कार्यक्रम इद एक दिन पहिलाबाट  सुरु भएको कारण  तेस्रो  दिन परेपनी कार्यक्रमको मिति भने पुर्वनिर्धारित नै जुन ६ तारिक हुने भएको हो  ।  कार्यक्रम आयोजक प्रमुख तथा (एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि जानकारी गराएका छन  ।

 

आफू हरुसँग भएको टिकटको लगभग ५० % भन्दा बढी सेल भएको र आफ्नो टिकट समयमै बुक गर्न समेत आयोजन गुरुङले अनुरोध गरेका छन | कार्यक्रम साझ ५ बजे सुरुहुने भएपनी हलको गेट भने २ बजेबाट खुल्ने जाकारी आयोजक टिमले जनकारी गराएको छ  ।  कार्यक्रम  शोभा त्रिपाठी र बिबेक खतिवडाले संचालन गर्ने गर्नेछ्न

 

नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु, नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् । यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोस्रो  स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

 

यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजक गुरुङले बताए । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमा समेत सहयोग पुग्ने आयोजक गुरुङले बताए ।

 

 

(Visited 56 times, 1 visits today)
Loading comments...