बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

प्रहरी हस्तक्षेपबीच जलाइयो मिडिया काउन्सिल विधेयक

राजधानी समाचारदाता
3 months ago
08/06/2019

काठमाडौं  ।  प्रहरी हस्तक्षेपका बाबजुद क्रान्तिकारी पत्रकारले मिडिया काउन्सिल विधेयक जलाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ३ को आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा मिडिया काउन्सिल विधेयक जलाइएको हो ।
विभिन्न नारा लेखिएका प्ले–कार्डसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी पत्रकारले मिडिया काउन्सिल विधेयक जलाउनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

विरोध प्रदर्शनमा वरिष्ठ पत्रकार तथा क्रान्तिकारी पत्रकार महासंघका पूर्वअध्यक्ष कुमार शाह, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, महासंघका सचिव तथा प्रदेश ३ संयोजक रनसुर महतारालगायतको उपस्थिति थियो । क्रान्तिकारी महासंघले यसअघि सम्मेलनलगत्तै बुटवलको मिडिया चोकमा पनि मिडिया काउन्सिल विधेयक जलाएको थियो । महासंघले सातवटै प्रदेशमा विधेयक जलाउने निर्णय गरेको छ ।

मिडिया काउन्सिल विधेयक खारेजी तथा फिर्ताका लागि यतिखेर सिंगो प्रेस जगत आन्दोलित छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा भोलि बबरमहलबाट नयाँ बानेश्वरसम्म हातेसाङ्लो ¥याली निकाल्ने कार्यक्रम छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...