बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

छिमेकीको छोरासँग नसाटिएकी छोरी

राजधानी समाचारदाता
2 weeks ago
08/06/2019

नरगिस तराकी आफ्ना बाबुआमाकी पाँचौं छोरी हुन् । छोराको खोजीमा बच्चाहरु जन्माउने क्रम हाम्रो समाजमा पाइन्छ । छोरा नजन्माएको भन्दै श्रीमती, बुहारीलाई लान्छना लाउने गरिन्छ । त्यसैले नरगिस तराकीकी आमाले पनि यो पीडा झेल्नुप¥यो । उनी जन्मिदा छिमेकीका छोरासँग साट्न सल्लाह समेत दिइयो । अहिले उनी २२ वर्ष पुगिन् । नरगिसले आफ्नो जीवनको लक्ष्य बदलेकी छन् । उनी भन्छिन्, ‘मेरो लक्ष्य मेरा बाबुआमाले गरेको निर्णय सही थियो भन्ने सावित गराउनु हो ।’

नरगिस महिला शिक्षा र सशक्तिकरणको अभियान चलाइरहेकी छन् । गत वर्ष उनी बीबीसी १०० महिलाको सूचीमा समेत परेकी थिइन् । उनको जन्म सन् १९९७ मा आमाबाबुको पाँचौं छोरीका रुपमा भएको हो । उनका बुवा र अर्का नातेदार मिलेर उनकी आमालाई अर्को विवाहको स्वीकृति दिन दबाब दिए । अफगानिस्तानमा दोस्रो या तेस्रो विवाह कुनै असामान्य कुरा होइन । उबले आफ्नो जीवनमा आएका यी घुम्तीहरु बारे भनेकी छन्, ‘जब मेरी आमाले त्यो कुरा अस्वीकार गर्नुभयो । तब उनले नै मेरा बाबुलाई मलाई गाउँकै कसैको छोरासँग साट्न सल्लाह दिए । उनले गाउँमा एउटा परिवार पनि खोजी गरे, जो मलाई आफ्नो छोरासँग साट्न तयार थियो ।’

 

अलग थियो बाबुको सोच

बच्चा साट्नु हाम्रो संस्कृतिको हिस्सा होइन र मैले पहिले यस्तो भएको कहिल्यै सुनेको छैन । तर पारम्परिक रुपबाट नोकरी पेशा भएका कारण अफगानी समाजमा छोराका ठूलो महत्व थियो । मानिसहरु जानेरबुझेर नै मेरी आमालाई निराश बनाउनका लागि तानबाना बुनिरहेका थिए र छोरा नभएका कारण उहाँलाई कमजोर महसुस गराउँथे ।
मलाई छाड्न अस्वीकारका बाबजुद केही वरिष्ठ मानिसले बाबुमाथि दबाब दिँदै गए । तर मेरा बाबुको सोच बिल्कुल फरक थियो । यस्ता मानिसलाई बुवाले मलाई माया गर्ने र एक दिन एउटा छोरासँग जुन अपेक्षा गरिएको हुन्छ, त्यो काम छोरीले पनि काम गर्न सक्छिन् भन्ने साबित गर्ने जवाफ दिनुभयो ।
मेरा बुवाका लागि यो काम सजिलो थिएन । उहाँ फौजमा हुनुहुन्थ्यो र उहाँले सोभियत संघ समर्थित सरकारलाई त्यसबेला सेवा गर्नुभएको थियो । जब हाम्रो मूल जिल्लामा धार्मिक र कट्टरपन्थी समर्थकको बोलबाला थियो । गाउँका केही मानिसहरु हामीलाई घृणा गर्दथे र सामाजिक बहिस्कार गर्दथे ।तर बुवालाई आफूमा विश्वास थियो । उहाँ आफ्नो वचनमा दृढ हुनुहुन्थ्यो । म छोरी भएका कारण साट्न दबाब थियो, मेरो चरित्रमा मेरो बुवाको नै छाप छ ।

 

घरबाट भाग्दा

तालिबान लडाकूले हाम्रो जिल्लामा कब्जा गरे, तब हाम्रो अवस्था खराब भयो । सन् १९९८ मा मेरो बुवाले पाकिस्तान भाग्नुप¥यो र छिट्टै हामी पनि त्यहाँ पुग्यौं । त्यहाँ पनि जीवन सजिलो थिएन । त्यहाँ जुत्ताको कारखानमामा व्यवस्थापकको काम मिल्यो । पाकिस्तानमा मेरा आमाबुवाका लागि सबैभन्दा राम्रो भनेको एक छोरा र एक छोरी भइन् ।
तालिबान शासन ढलेपछि सन् २००१ मा हामी सबै काबुल फर्कियौं । हामीसँग घर थिएन र हामी काकाको घरमा बस्थ्यौं । समाजको संकीर्ण सोचका बाबजुद म र बहिनी स्कुल जान्थ्यौं ।
मैले कानुल विश्वविद्यालयमा लोकनीति र प्रशासनको अध्ययन गरेँ र दुई वर्षअघि त्यसवर्षको सर्वाधिक अंकसहित स्नातक गरे । पढाईमा सबै समय मैले बाबुको साथ पाएँ । केही वर्षअघि म काबुलमा मेरी बहिनीसँग क्रिकेट खेल हेर्न गएँ ।
रंगशालामा धेरै महिला थिएनन् र हाम्रो फोटो र भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिए । लाज बिना नै रंगशालामा पुरुषसँग बसेको भन्दै हाम्रो आलोचना पनि भयो । जब मेरो बुवाले फेसबुकमा केही टिप्पणी देख्नुभयो, तब भन्नुभयो, ‘मेरी प्यारी छोरी तिमीले सही गर्यौं । धेरैलाई टिप्पणी गर्न बाध्य बनाएकोमा पनि म खुसी छु । जीवन छोटो छ, जति चाहन्छौं, त्यसको आनन्द उठाउ ।’मेरो बुवाको गत वर्ष निधन भयो । मैले यस्तो मान्छे गुमाए, जसले मलाई आजको अवस्थासम्म आउनका लागि सहारा दियो । उहाँ सधैं म सँगै रहनुहुनेछ भन्ने विश्वास छ ।’

अक्सफोर्डको सपना

तीन वर्षअघि गजनीस्थित पुख्र्यौली गाउँमा छात्राहरुका लागि स्कुल खोल्ने कोशिस गरे । यसका लागि मैले बुवासँग कुरा गरेकी थिएँ । उहाँले सामाजिक सीमाका कारण यो लगभग असम्भव रहेको बताउनुभयो ।
यहाँसम्म कि सुरक्षाका कारण केटाहरुका लागि पनि स्कुल खोल्न कठिन छ । बुवाले स्कुललाई धार्मिक मदरसाको नाम दिन सकेमा हाम्रो सपना पूरा हुनसक्ने कुरा बताउनुभयो । तर म त्यहाँ सम्म पुग्न सकिन । किनकि यो अत्यन्तै खतरनाक थियो । म र मेरी बहिनीलाई हामी एक न एक दिन यो लक्ष्यमा पुग्छौं भन्ने विश्वास छ ।
यसैबीच एक गैरसरकारी संगठनसँग महिलाको शिक्ष, स्वास्थ्य र सशक्तिकरणका लागि काम गरिरह्यौं । मैले स्कुल र विश्वविद्यालयमा पढ्न स नोकरी गर्नका लागि महिला अधिकारबारे एउटा भाषण पनि गरे ।
मैले एक दिन अक्सफोर्ड विश्वविद्यालयमा पढ्ने सपना देखेँ । जब मैले अन्तर्रा्ष्ट्रिय विश्वविद्यालयबारे खोजी गर्छु, तब अक्सफोर्ड पहिलो या दोस्रो नम्बरमा रहेको पाउँछु । जब म काबुल विश्वविद्यालयसँग तुलना गर्छु, तब निराश पनि हुन्छु । तर म जहाँ पढ्छु, त्यसप्रति आभारी छु ।
म खाली समयमा पढ्न पन पराउँछु । म औसतमा हरेक साता दुई देखि तीन वटा किताब बढ्छु । पाओलो कोएल्हो मेरो मनपर्ने लेखक हुन् ।

 

कुनै सम्झौता हुन्न

जहाँ सम्म विवाहको सवाल छ, म आफ्नो लागि आफैं केटा रोज्नेछु । मलाई मेरो परिवारले मेरो खुसी अनुसार विवाह गर्ने छुट पनि दिएको छ । म यस्तो मानिस पाउन सकौं कि उसमा मेरो बुवाको जस्तो गुण होस् ।
म मेरो जीवनको बाँकी समय मसँग विचार र भावना मिल्ने व्यक्तिसँग गुजार्न चाहन्छु । जसले मलाई सहारा दिओस र मेरो रोजाईलाई मन पराओस् । परिवार पनि जरुरी छ । कहिले काँही आफूलाई मन परेको व्यक्तिसँग विवाह हुन्छ तर उसको परिवार सोचेजस्तो हुँदैन । म मेरो जीवनमा जे गर्छु, त्यसमा मलाई साथ दिन सकोस् ।यदि मेरो विरोध गर्यो भने म उसको सोच बदल्ने कोशिस गर्नेछु । म जीवनमा जे प्राप्त गर्न चाहेको छु, त्यसप्रति मेरो विश्वास छ र म मेरो गन्तव्यमा कुनै सम्झौता गर्न चाहन्न ।’

(Visited 574 times, 9 visits today)
Loading comments...