बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

संसारका अघि हामी नांगै उभिएका छौंः हुवावे

एजेन्सी
1 week ago
11/06/2019

हुवावे बाहिरका विशेषज्ञलाई अनुसन्धान गर्न दिन तयार

लण्डन । चीनको विशाल टेलिकम कम्पनी हुवावे आफ्ना प्रविधि र उत्पादनबारे विश्लेषण गर्न र कुनै प्राविधिक समस्या भएमा पत्ता लगाउन बाहिरका विशेषज्ञलाई दिन तयार रहेको जनाएको छ ।

उसले चीन सरकारसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी पुन दोहो¥याएको छ । सो कम्पनीका साइबर–सुरक्षाप्रमुख जोन सफिकले बेलायती सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि कुनै अवाञ्छित काम गर्न नभनेको स्पष्ट पारे ।

उनले भने, ‘हामी संसारको अगाडि नांगै उभिएका छौँ । तर हामी त्यसो गर्न दिन चाहन्छौँ किनभने त्यसले हामीलाई हाम्रा उत्पादनमा सुधार गर्न सघाउँछ ।’ हुवावेका उत्पादनमा भएका कुनै त्रुटी पत्ता लगाए आफूलाई लज्जाबोध नभई सुधार गर्न सहयोग पुग्ने उनको भनाई थियो ।

बेलायतको संसदको विज्ञान तथा प्रविधि समितिले हुवावेलाई बोलाएर उसका उपकरणको सुरक्षा तथा चीन सरकारसँग सो कम्पनीको सम्बन्धबारे छलफल गरेको थियो ।

चीन सरकारले हुवावेका उपकरणमार्फत् जासुसी गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना साझेदार राष्ट्रलाई सो कम्पनीलाई फाइभजी सञ्जाल विस्तारमा प्रतिबन्ध लगाउन दबाव दिदै आएको छ ।

सफिकले भने, ‘उत्पादनको सुरक्षा कमजोर बनाउनेगरी हामीलाई चीन सरकार वा अरू कुनै सरकारले कहिल्यै पनि केही गर्न भनेको छैन ।’

सन् २०१७ मा चीनमा जासुसीसम्बन्धी नयाँ कानुन बनेपछि हुवावेले शिन्जियाङमा उपकरण आपूर्ति गरे÷नगरेको बारेमा समेत सांसदले प्रश्न गरेका थिए । सो कानुनले व्यक्ति तथा संस्थाहरूलाई चिनियाँ गुप्तचर निकायहरूलाई सघाउन बाध्य बनाउँछ ।

सफिकले सो विषयमा हुवावेले चीन सरकारसँग स्पष्टीकरण मागेको र कुनै कम्पनीले त्यसो गर्नु नपर्ने जवाफ पाएको जनाएको छ ।

‘हामीले हाम्रा वकिलबाट यसको पुष्टि गराएका छौं र पुनः क्लिफर्ड चान्सबाट । हाम्रा कानुनी परामर्शदाताका अनुसार सुरक्षाको विषयमा हुवावेको मान्यता कमजोर हुनेगरी केही गर्नुपर्दैन ।’

क्लिफर्ड चान्स लन्डनमा मुख्यालय रहेको बहुराष्ट्रिय कानुनी परामर्शदाता हो ।

सांसदहरूले आफ्ना उपकरणमार्फत् बेलाउतको फाइफजी मोबाइल नेटवर्कमा हुवावेको परबाटै पहुँच हुने वा नहुने विषयमा प्रश्न गरेका थिए । जवाफमा सफिकले हुवावेले मोबाइल सञ्जाल सञ्चालकलाई दूरसञ्चार उपकरण मात्र उपलब्ध गराउने स्पष्ट पारे ।

उनले भने, ‘हामी सञ्जाल सञ्चालन गर्दैनौं र हामीले सञ्जाल सञ्चालन नगर्ने हुँदा हाम्रो पहुँच सो सञ्जालमा हुने डेटामा हुँदैन ।’
उनका अनुसार यूकेमा फाइभजी नेटवर्क निर्माण गर्न आवश्यक विभिन्न उपकरण आपूर्ति गर्ने २ सय आपूर्तिकर्तामध्ये हुवावे एउटा मात्र भएको उनको भनाइ थियो ।

सांसदहरूले फाइभजी सञ्जालमा कुनै प्रयोगकर्ता चिन्न सम्भव भए नभएको सोधेका थिए । सफिकले मोबाइल फोन प्रविधिमा मोबाइल सेवा सञ्चालकले नेटवर्कमा जोडिराख्न निरन्तर प्रयोगकर्ताको फोन ट्य्राक गरिराख्नुपर्ने बताए ।

(Visited 30 times, 1 visits today)
Loading comments...