बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

बर्षाले चीनमा २० लाखबढी प्रभावित, पानी अझै नरोकिने

एजेन्सी
1 week ago
11/06/2019

हुनान । दक्षिणी चीनमा आएको भीषण वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने हजारौं फसेका छन् ।

भीषण वर्षाका कारण सयौं घर क्षतिग्रस्त बनेका छन् । हजारौं हेक्टर जमिनमा लगाइएका बालीनाली समेत सखाप भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । सरकारी सञ्चारमाध्यमहरुले वर्षाका कारण २० लाख मानिस प्रभावित भएको र सडक तथा पुलमा समेत क्षति पुगेको जनाएका छन् ।

भीषण बर्षापछि ग्वाजो प्रान्तको एउटा सहर नै दुई मिटर पानीमा डुबेको छ । मौसम पूर्वानुमानसम्बन्धी निकायले दक्षिणी प्रान्त जियांग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको जनाएको छ ।

नौवटा सहरमा बाढी पसेपछि जियांग्सीका करिब डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ । दक्षिण–पश्चिमी ग्वांग्सी प्रान्तमा २० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको चाइना डेलीले उल्लेख गरेको छ ।

मौसम पूर्वानुमान निकायले बिहीवारसम्ममा ग्वांगडुङ, सिचुवान र ताइवानमा वर्षा फैलिने जनाएको छ । वर्षाका कारण हुने सम्भावित पहिरोबाट सजग रहन पनि अधिकारीहरूले आग्रह गरेका छन् ।

(Visited 17 times, 1 visits today)
Loading comments...