शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

सिन्धुलीगढी चिनाउने सपूत

श्रीप्रसाद प्रसाईं
2 months ago
12/06/2019

 


श्रीप्रसाद प्रसाईं

सरकारको तर्फबाट केही दिनअगाडि अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद््मार्फत मुलुकको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट सार्वजनिक गरे । सार्वजनिक भएको उक्त बजेटको क्रसं १३७ मा उल्लिखित विषयले भने निराशमा रहँदै आएका आमराष्ट्रभक्त नागरिकहरूलाई केही मात्रामा भए पनि प्रेरणा एवं उत्साह प्रदान गराएको पाइयो । राष्ट्रभक्तिको प्रेरणा जगाउने प्रस्तुत बजेटको बुँदा नम्बर १३७ मा निम्न व्यहोरा उल्लेख गरिएको थियो ः
‘१३७ प्रमुख पर्यटकीय स्थानलाई पर्यटन स्थलको रूपमा विकास गर्न स्तरीय सडक, ठूला सभाहल तथा सम्मेलन केन्द्रजस्ता पूर्वाधार विकासमा जोड दिइनेछ । नेपाल एकीकरणको सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटाहरू संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।’ सरकारले बजेटमार्फत सार्वजनिक गरेको यो विषयलाई व्यवहारमा कार्यान्वयन गरेको अवस्थामा राष्ट्रभक्त ऐतिहासिक वीर सपूतहरूको सम्मान त हुन्छ नै, यसका अतिरिक्त विगतको इतिहास बिर्सन लागेका अहिलेका नयाँ पुस्तालाई राष्ट्रप्रति समर्पित रही उल्लेख्य कार्य गर्न उत्साह जगाउँछ । विगतको कुन अवस्थाबाट हामी अहिलेको यो अवस्थामा आइपुग्यौं र पछिका हाम्रा सन्ततिलाई यसतर्फ अझै कसरी आकर्षित गराउँदै जाने भन्ने कुरा सोच्ने, अध्ययन गर्ने तथा अनुशरण गराउने प्रेरणा हामीलाई प्राप्त हुन्छ ।

एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढीहरू धेरै छन् । यस्ता गढीहरूलाई पनि दुई वर्गमा विभाजन गरी हेर्नुपर्दछ । वर्तमान नेपालको भूभागभित्र कायम रहँदै आएका साबिकका बाइसे, चौबिसेलगायत पूर्व–पश्चिमका अन्य ससाना राज्यलाई एकीकृत गर्ने क्रममा प्रयोग भएका महŒवपूर्ण ऐतिहासिक आन्तरिक गढीहरू तथा राष्ट्रिय अस्तित्व जगेर्ना गर्ने उद्देश्यले भारतीय भूमिबाट तत्कालीन अंग्रेज शासक तथा उत्तरीको छिमेकी मुलुक चीनतर्फबाट भएको आक्रमणलाई विफल बनाउने क्रममा प्रयोग भएका विशेष महŒव राख्ने ऐतिहासिक गढीहरू रहेका छन् । यी दुई प्रकारका गढीहरूको आआफ्नै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महŒव छ । राष्ट्रिय महŒवका गढीहरूमा सिन्धुलीगढी, रसुवागढी, मकवानपुरगढी र उदयपुरगढी पर्दछन् । गढीहरूको राष्ट्रिय महŒव के छ ? गढीको संरक्षण र संवद्र्धन किन आवश्यक छ ? भन्ने कुराको महŒव बुझ्नका लागि गढीमध्येको सिन्धुलीगढीलाई यहाँ दृष्टान्तको लागि लिइएको छ ।

करिब ५ सय वर्षअगाडि हालको उत्तर अमेरिकास्थित क्यानडा राज्यमा पर्ने सामुद्रिक भूभागको तटीय क्षेत्रमा रहेको तत्कालको अलग्गै मुलुक न्युफाउन्डलेन्डबाट प्रारम्भ भएको ब्रिटिस उपनिवेशवादी नीति विश्वका अधिकांश भूभागसम्म क्रमशः विस्तारित हुँदै आयो । यही क्रममा व्यापार व्यवसाय गर्ने निहुँमा भारत आइपुगेका अंग्रेजहरूले पछि भारतलाई पनि आफ्नै स्वामित्वमा राखी उपनिवेशकै रूपमा प्रयोग गर्दै आए । भारत कब्जा गरिसकेका अंग्रेजको नेपालप्रति पनि गिद्धेदृष्टि बढ्दै गयो । सोझै नेपाल प्रवेश गर्न हिचकिचाइरहेका अंग्रेजहरू उपयुक्त अवसरको प्रतीक्षामा रहँदै थिए । यही समयमा नेपालमा छरिएर रहेका ससाना टुक्रे राज्यलाई बृहत् नेपाल राज्यको रूपमा एकीकरण गर्ने अभियानमा राजा पृथ्वीनारायण शाह लागेका थिए । १८०१ सालमा नुवाकोट र बेलकोट विजय गरेपछि पृथ्वीनारायण शाहको ध्यान काठमाडौं उपत्यकाभित्र केन्द्रित भयो । यही समयमा आफ्नो सैन्यशक्ति मजबुत बनाउने उद्देश्यले राजा पृथ्वीनारायण शाहले ५ असोज १८१९ गते पुरानो गोरख गण, श्रीनाथ गण, कालीबक्स गण, बर्दबहादुर गण र सबुजदल गण नामका पाँचवटा सैन्य गण स्थापना गराई सामान्य युद्धबारे प्रशिक्षण दिलाए । यो नै हालको नेपाली सेनाको प्रारम्भिक स्वरूप थियो । यसको लगत्तै १८१९ सालमै मकवानपुर र हरिपुर कब्जा गरेका पृथ्वीनारयण शाहले तेस्रोपटकको युद्धमा १८२२ सालमा उपत्यकाको कीर्तिपुर राज्य पनि कब्जा गरे ।

पृथ्वीनारायण शाहको उदीयमान शक्ति देखेर कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेज फौजको सहयोगको अपेक्षा राखी अंग्रेज अधिकारीसँग पत्राचार गरे । के खोज्छस् कानो आँखा भनेझैं जयप्रकाशको सहयोगको निम्ति अंग्रेज फौज आउने कुरा रामेछापको पोकरवास निवासी, श्रीकृष्णका छोरा राष्ट्रभक्त रामचन्द्र प्रसाईंले थाहा पाए । अंग्रेज फौज जयप्रकाश मल्लको सहयोगार्थ उपत्यका भित्रिए नेपाल र नेपालीको अस्तित्व नै संकटमा पर्ने चिन्ता रामचन्द्रमा थियो । यसैले कीर्तिपुर मुकाम गरी बसेका पृथ्वीनारायण शाहलाई निम्न व्यहोराको पत्र लेखी अंग्रेज फौज जयप्रकाशको सहयोगार्थ असोज महिनाभित्रै आउन लागेको बुझी सो फौजलाई सिन्धुलीबाटै धपाउनुपर्दछ, कसो गन्र्या हो भनी रामचन्द्र प्रसाईंले सुझावसहितको पत्र तत्कालै पठाए । रामचन्द्रले पृथ्वीनारायण शाहलाई लेखेको पत्र यस्तो थियो ः
‘…आगे ञहाँको अरू खबर भलै छ, उप्रान्त सिन्धुलीको बाटो हुँदै फिलंगी जयप्रकाशको मद्दत गन्र्या भनी आउन्या कुरा मेरा चित्तले बुझ्दा साँच्या ठह¥यो प्रभु यदि हुकुम हुँदो हो त फिलंगी यही सिधुन्लीबाटै फाँकिन्छ गोरखा भनँु नेपाल भनुँ दुवै एकै गोरखनाथ हुन फिलंगी भनेको ब्बाँसो हो आज ऊ चढ्यो भन्या सबैले बाँच्नु छैन उलाई ठानापारी धाल्या जाती होला हुकुम हुँदो हो त यस तरफका रयातहरूलाई उर्दीगरी गौडामा ठानावारी बलियो गरी बस्न्याँथ्या प्रभु जो हुकुम…’ यो रामचन्द्र प्रसाईंले लेखेको चिठीको आशयको सारांश मात्र हो । यसको सक्कली रूप फेला परेको छैन । रामचन्द्रले १८२४ सालको भाद्र महिनामा लेखेको यो चिठी प्राप्त गर्न साथ पृथ्वीनारायण शाहले यसैको जवाफस्वरूप आवश्यक निर्देशनसहित सेनानी रामचन्द्र प्रसाईंलाई अंग्रेज फौज सिन्धुलीगढीबाटै भगाउने भनी कीर्तिपुर मुकामबाट पठाएको एवं सर्वप्रथम २०२७ सालमा प्राध्यापक मोहनप्रसाद खनालमार्फत सार्वजनिक भएको तलको सक्कली पत्रको व्यहोराले नै रामचन्द्रले पृथ्वीनारायण शाहलाई उपर्युक्तअनुसारको पत्र पठाएका थिए भन्ने कुरा पुष्टि हुन्छ ।

पृथ्वी नारायण शाहले सेनानी रामचन्द्र प्रसाईंलाई पठाएको चिठी यस्तो थियो ः
‘स्वस्तिश्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्रीमन्महाराजाधीराज श्री श्री श्री मत्पृथ्वीनारायण शाह देवानां सदा समर विजयीनाम…’
स्वस्ति श्री सर्वोपमा जाग्येत्यादि श्री रामचन्द्र पसैंके पत्रमिदं ञहाँ कुशल तहा कुशल चाहिये जेहिते परमानन्दहोइ पत्र आयो अर्थ मालुम भयो आगे ञहाँको समाचार भलो छ उप्रान्त सिधुलीमा फिलुंगी चढछ भन्या फाकिन्छ कसो गन्हा हो भनि पठायाछौं भलो गरेउ ऊ गोरषा नेपाल भन्नु येकै हो बेलाका फेरले पेट बस्यो त जले पाया पनि आफैंमा रहन्या हो ऊ सिधुलीमा फिलुंगी चढ्छ भन्या निस्तुक हो जयप्रकाशको भरमै आया पनि हिन्दुस्तान खान्याले नेपाल छाडा भन्नु छैन गोरषा भंनु नेपाल भंनु उनै गोरखनाथ हुन त दुवै एक हुन फिलुंगी भन्याको ब्बांसो हो आज ऊ चढयो भन्या सबैले बाँच्नु छैन ऊ ठानापारी धाल्या जातिहोला भनि विन्तीपारी पठायाछौ आज निगाल्यामा ठाना वा¥या पनि काल्ह भंज्याङमा बलियो गरी बस्न्या हो तर यानी जानुछैन फिलुंगीले पेटपाउला आफ्नु पेट कसोग¥या पनि दिनुछैन पेट पायो भन्या थामन गाह्रो पर्ला जयनारानले पुरकोट उभोको झारा बटुल्या छ त पनि ततिले पुग्न्या होइन अरू भर तिम्रैछ चांडोगरी आफ्नु वलली हाम्रा काजीहरूथ्यै जब आड बलियो गरी वनाउन्या हो उ दुई हजार रूपैञा भया आजको काज टर्ला अंन पानी आजपुग्यापनि कल्ह कसोहोला जानिसक्नु छैन पुग्दो मिलाव षेत भन्या पनि काजिले सहि हाल्या जति हो मोहर गरिबक्सौला पछि रूपैञा नै भनै त पनि सावाब्याज सवै सदर उतिमी भन्याका वडा मानिस हों आज काजीले भन्या जति हो तति पु¥याव ञांहाबाट पनि अरू भारालाई बिदा गरेंउ तताको भर तिम्रैछ आज तिमिले मिहिनत ग¥यापछि तिमीलाई छाडी कल्लाई गर्नुछ काज पु¥याव विज्ञेषु किमधिझ भाद्र वदी ९ रोज ३ मुकाम किर्तिपुर शुभम्’
राजा पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको उपरोक्त पत्र पुरातŒव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को संख्या १४ को पेज नम्बर ५७ मा मिति २०२७ माघमा प्रकाशित भएको छ । पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको सोपत्र अनुसन्धानात्मक द्वैमासिक को वर्ष २० अंक ५ को पेन नम्बर ८१ मा, ‘नेपाली भाषाका हजार वर्ष’ नामक पुस्तकको पेज नम्बर २२० मा, ‘प्रसाईं वंशको इतिहास’ पुस्तकको पेज नम्बर १४२ मा तथा प्रसाईं वंशावलीलगायतका अन्य राष्ट्रियस्तरका समाचारपत्रहरूमा समेत प्रकाशित हुँदै आएको छन् । सरकारी मुखपत्रलगायतका पाठ्यपुस्तकमै प्रकाशित हुँदै आएको सो पत्रको प्रमाणिकता स्वतः पुष्टि हुन्छ । यो पत्रद्वारा अंग्रेज फौजलाई सिन्धुलीगढीबाटै लखेट्ने कार्यमा रामचन्द्र प्रसार्इंको भूमिका कस्तो थियो भन्ने कुरा मूल्यांकन गर्न सकिन्छ ।

पृथ्वीनारायण शाहको पत्र पाउना साथ स्थानीय बासिन्दाको शक्ति केन्द्रित गर्ने, रसद पानीको व्यवस्था तथा आवश्यक पर्ने रकमसमेत रामचन्द्र प्रसार्इंले तत्कालै जुटाए । रामचन्द्रले जम्मा पारेका स्थानीय झाराको जनसेना र गोरखाली सेनापति रामकृष्ण कुँवरको साथ आएको सैन्य टोलीलाई समेत मिलाएर विभिन्न नाकाहरूमा तैनाथ गराउने गरी नेपाली सैन्य टोलीलाई विभाजित गरियो । रामकृष्ण कुँवर, रामचन्द्र प्रसाईं, वंशराज पाण्डे, खजान्ची वीरभद्र उपाध्याय, सिकारी वंशु गुरुङले क्रमशः एकएक सैन्य टोलीको कमान्ड गरे । सिन्धुलीकै निगाले निवासी जयनारायण थापालाई अंग्रेज फौज आइपुगेको बेला नेपाली सैन्यले पाँचवटै नाकाबाट एकै साथ धावा बोलेकै समयमा जंगलमा भएका अरिंगल, बच्छ्युँ, घारे माहुरी पनि एकैसाथ सँगसँगै बिच्याउने जिम्मा दिइयो । क्याप्टेन किनलकको नेतृत्वमा बर्दिबासको बाटो हुँदै सिन्धुलीगढी आइपुग्नै लागेको करिब २ हजार ४ सयको अंग्रेज फौजलाई नेपाली सैन्य दस्ताले पाँचै क्षेत्रबाट एकै साथै गरेको आक्रमणले भागभाग बनायो ।
१५ असोज १८२४ मा भएको यस युद्धमा नेपालतर्फका केही व्यक्तिहरू घाइते भए भने करिब ६÷७ सय अंग्रेज सैन्यले ज्यान गुमाउनुप¥यो । अंग्रेजतर्फका केही हातहतियार पनि नेपालीहरूले कब्जामा लिए । ऐतिहासिक सफलता प्राप्त गरेको यही युद्धस्थल सिन्धुली गढीको नामले प्रसिद्ध भयो । एक राष्ट्रभक्त नागरिकको हैसियतले नेपालको अस्तित्व बचाउने उल्लेख्य योगदान पु¥याएबापत तत्कालै रामचन्द्र प्रसार्इंलाई पृथ्वीनारायण शाहले ‘सेनानी’ पदले सम्मान गरे । त्यसपछि रामचन्द्र प्रसाईंको इज्जत र प्रतिष्ठा अझ फैलँदै गयो ।

 

 

मुलुकका विभिन्न भूभागमा रहेका यस्ता महŒवपूर्ण गढी, किल्ला र बाटाहरू संवद्र्धन र संरक्षण गर्न संघीय सरकारले मात्र होइन, प्रदेश तथा स्थानीय सरकारले पनि उत्तिकै महŒव दिनुपर्दछ

कीर्तिपुर मुकाम गरी बसेका पृथ्वीनारायण शाहलाई अंग्रेज फौज जयप्रकाशको सहयोगार्थ आउन लागेकाले सो फौजलाई सिन्धुलीबाटै धपाउन कसो गन्र्या हो भनी रामचन्द्र प्रसाईंले तत्कालै पत्र पठाए

 

 

नेपाल र अंग्रेजबीच सिन्धुलीगढीमा भएको यस युद्धका बारेमा प्रा. ढुण्डीराज भण्डारीले ‘नेपालको ऐतिहासिक विवेचना’ पुस्तकको पेज नम्बर १८४ मा डा. राजेश गौतमले ‘नेपालको राजनीतिक इतिहास’ को पेज नम्बर ७५ मा डा. राजाराम सुवेदीले ‘नेपालको तथ्य इतिहास’ पुस्तकको पेज नम्बर १७७ मा डा. पेशल दाहालले ‘नेपालको इतिहास र संस्कृति’ पुस्तको पेज नम्बर १७८ मा संक्षेपमा उल्लेख गरेका छन् । यसको अलावा अधिकांश नेपाली इतिहासकार, भारतीय इतिहासकार र पाश्चात्य इतिहासकारले पनि आआफ्ना पुस्तकमा युद्धबारे चित्रण गरेका छन् । तर, उनीहरूद्वारा उपर्युक्त पुस्तकमा युद्धमा सहभागी रहेका नेपालतर्फका ६ जना कमान्डरहरूबारे हरेकले गरेका कामकार्यको विवरण अलगअलग उल्लेख भएको पाइँदैन । टोली टोलीको नेतृत्व गर्दै युद्धमा सामेल भएको कुरा मात्र उल्लेख गरिएको छ । यसमध्येका रामचन्द्र प्रसाईंले गरेको ऐतिहासिक महŒवको कार्य भने माथि उल्लिखित दुई पत्रबाटै पुष्टि हुन आउँछ । सिन्धुलीगढीको युद्धमा विजय प्राप्त गर्ने उपरोक्त वीर सपूतले नेपालको अस्तित्व संकटमा पर्न लागेको बेला जोगाउने कार्य गरे । यस्ता वीर सपूतलाई राष्ट्रले यथोचित सम्मान गर्नुपर्दछ । उनीहरूको राष्ट्रभक्तिको भावनालाई सबै नेपालीहरूले प्रेरणाको रूपमा लिनुपर्दछ ।

मुलुकको विभिन्न भूभागमा रहेका यस्ता महŒवपूर्ण गढी, किल्ला र बाटाहरू संवद्र्धन र संरक्षण गर्न संघीय सरकारले मात्र होइन प्रदेश तथा स्थानीय सरकारले पनि उत्तिकै महŒव दिनुपर्दछ । सबै गढी, किल्ला र ऐतिहासिक बाटाहरू हाम्रो इतिहास अध्ययनकै स्रोतहरू हुन् । यिनीहरूको अध्ययन र स्थलगत अवलोकनबाट हामीले हाम्रो मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, पर्यटनलगायत राष्ट्रभक्तिबारे गहन ज्ञान हासिल गर्न सक्छौं । तीन तहकै सरकारले विशेष ध्यान पु¥याई राष्ट्रभक्त वीर सपूत सबैलाई अमर रत्न प्रदान गर्ने कार्यमा आआफ्नो क्षेत्रबाट योगदान पु¥याउनु आवश्यक छ । बजेट प्रस्तुतिको उपर्युक्त बुँदा नम्बर १३७ ले राष्ट्रभक्त आमनेपालीहरूमा यही आशा र विश्वास जगाएको छ ।

 

(Visited 30 times, 1 visits today)
Loading comments...