बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

हान एबिङ भलिबलको मुख्य प्रशिक्षक

राजधानी समाचारदाता
3 months ago
12/06/2019

 

काठमाडौं । नेदरल्यान्डका पूर्वखेलाडी तथा प्रशिक्षक हान एबिङ नेपाली पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल भलिबल संघको पहल तथा नेदरल्यान्ड भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) ले नेपालका लागि नेदरल्यान्डका पूर्वखेलाडी तथा प्रशिक्षक हान एबिङलाई मुख्य प्रशिक्षकका रूपमा नेपाल पठाएको हो । प्रशिक्षक हाम एबिङ ४ असारमा नेपाल आउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए ।

नेपाल भलिब संघले सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पुरुष र महिलामा समान २५–२५ खेलाडीको प्रारम्भिक टोली छनोट गरेका छन् । हान नेपाल आएसँगै असार पहिलो साताबाटै नेपालको प्रशिक्षण सुरु महासचिव चन्दले बताए । तीनमहिने सम्झौतामा असार पहिलो साता मुख्य प्रशिक्षकका रूपमा नेपाल आउन लागेका हानको मासिक पारिश्रमिक झन्डै करिब ५ लाख रुपैयाँ रहेको बुझिएको छ । नेपाल रहँदाको तलब एफआईभीभीले बेहोर्नेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै हानले नेपाललाई सेन्ट्रल जोन भलिबलमा गोल्ड मेडल जिताउने लक्ष्य रहेको बताएका छन् । उनले नेपालमै साउन अन्तिम साता आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपसम्म नेपालको टोलीलाई सम्हाल्नेछन् । त्यसपछि सम्झौता थपिने या नथपिने पछि नै थाहा हुने महासचिव चन्दले बताए ।

प्रशिक्षणमा २५ वर्ष लामो प्रशिक्षण अनुभव बटुलिसकेको ५८ वर्षीय हान ७ वर्षभन्दा १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षक रहेका थिए । २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको मुख्य प्रशिक्षक रहेका उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए । २००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्यान्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए । २०१५ देखि २०१६ सम्म एक वर्ष स्विट्जरल्यान्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुल भलिबलको प्रशिक्षक रहेका थिए ।

 

(Visited 17 times, 1 visits today)
Loading comments...