बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

वर्षाले खेल प्रभावित

एजेन्सी
3 months ago
12/06/2019

 

लन्डन । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको श्रीलंका र बंगलादेशबीचको खेल वर्षाका कराण रद्द भएको छ ।

अत्यधिक वर्षाका कारण खेल सुरु हुन नपाई रद्द भएको हो । यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौं स्थानमा छ ।

यसअघि श्रीलंकाले वर्षाका कारण पाकिस्तानसँग पनि अंक बाँडेको थियो । श्रीलंकाले पाँचौं खेलमा अगामी शनिबार अस्ट्रेलियासँग खेल्नेछ । बंगलादेश ४ खेलमा १ मा जित र २ मा हारका साथ ३ अंक जोड्दै सातौं स्थानमा पुगेको छ । बंगलादेशले आफ्नो पाँचौं खेल अगामी सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

(Visited 31 times, 1 visits today)
Loading comments...