बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

धवन तीन साता मैदानबाहिर

एजेन्सी
3 months ago
12/06/2019

लन्डन । इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप दौरान उपाधिको दाबेदार भारतलाई ठूलो झट्का लागेको छ । शतकधारी शिखर धवनले चोट बोकेसँगै भारतलाई ठूलो झट्का लागेको हो । उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने पक्का भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विश्वकप दौरान अस्ट्रेलियाविरुद्ध ३६ रनको जित निकालेको खेलमा धवनले दाँया हातको बुढी औंलामा चोट बोकेका थिए । नाथन कउल्टर नाइलको बल उनले चोट बोकेका थिए । ओपनर धवनले अस्ट्रेलियाविरुद्ध १ सय ९ बलमा १ सय १७ रन बनाएका थिए ।

(Visited 92 times, 1 visits today)
Loading comments...