बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

स्पेन र पोल्यान्डको शतप्रतिशत जित

एजेन्सी
1 week ago
12/06/2019

मड्रिड । युरोकप छनोटमा स्पेन र पोल्यान्डले शतप्रतिशत जित निकालेका छन् । छनोटको चौथो चरणको खेल जारी रहँदा स्पेन र पोल्यान्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका हुन् ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई ३–० ले पराजित गरेको हो । स्पेनको सहज जितमा कप्तान सर्जियो रामोस, अल्भेरो मोराटा र मिकेल ओएरजवालले गोल गरे । लगातार स्विडेनलाई दबाबमा राखेको स्पेनले गोलका लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । खेलको ६४औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । मार्काे एसेन्सियाको क्रसमा सेवास्टिन लार्सनले ह्यान्ड गरेपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । जसलाई कप्तान रामोसले कुनै गल्ती गरेनन् । ८५औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोराटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

आफैंलाई फिलिप हेलेन्डरले लडाएपछि प्राप्त पेनाल्टी पाएका थिए । ८७औं मिनेटमा अर्का वैकल्पिक खेलाडी मिकेलले गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए । सहज जितसँगै अपराजित रहेको स्पेनको समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक पुगेको छ । छनोटमा पहिलो हार बेहोरेको स्विडेन ७ अंक जोेडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

अर्काे खेलमा रोमानियाले माल्टालाई ४–० को गोल अन्तरले पराजित ग¥यो । रोमानिया अन्तिम ११ मिनेट १० खेलाडीमा समेटिएको थियो । एलेक्ससान्द्रु चिपसियु ८१औं मिनेटमा दोहोरो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै रोमानियाको ४ खेलबाट ७ अंक पुगेको छ । माल्टा ३ अंकसहति पाँचौं स्थानमा छ । अर्काे खेलमा नर्वेले फारोअ आइल्यान्डलाई २–० ले हरायो । जितसँगै नर्वे ५ अंक जोडेर चौथो तथा आइल्यान्ड अंकविहीन हँुदै पुछारमा छ । यस्तै, युरोकप छनोटमा पोल्यान्डले शतप्रतिशत जित निकाल्ने क्रममा इजरायलमाथि ४–० को सानदार जित हात पारेको हो । खेलको ३५औं मिनेटमा क्रेजिस्टोफ पियाटिकले तोमास्ज काडिजओराको पासमा गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५६औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो । त्यसको दुई मिनेटपछि नै कामिल ग्रोसिकीले गोल गर्दै पोल्यान्डलाई सहज जिततर्फ अघि बढाए ।

८४औं मिनेटमा डामियन काडिजयरले गोल गर्दै ४–० को जित पक्का गरे । जितसँगै समूह ‘जी’ मा पोल्यान्डमा ४ खेलमा अपराजित रहेर १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इजरायल ७ अंकसहति दोस्रो स्थानमा रहेको छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ४–१ ले हरायो । जितसँगै अस्ट्रिया ४ खेलबाट ६ अंक जोडेर तेस्रो तथा पराजित म्यासेडोनिया ४ अंकसहति पाँचौं स्थानमा छ । यस्तै स्लोभेनियाले लात्भियामाथि ५–० को फराकिलो जित निकाल्यो । स्लोभेनिया ५ अंक जोडेर चौथो स्थानमा तथा लात्भिया अंकविहीन हँुदै पुछारमा छ ।

 

डेनमार्कको पहिलो जित

युरोकप छनोटमा डेनमार्कले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा डेनमार्कले जर्जियालाई ५–१ ले हराएको हो । अपराजित रहेको डेनमार्कले यसअघि दुई खेलमा बराबरी खेलेको थियो । जितसँगै डेनमार्क समूह ‘डी’ मा ५ अंक जोडेर दोस्रो स्थान उक्लिएको छ । जर्जिया ३ अंक जोडेर चौथो स्थानमा छ ।

आयरल्यान्डले जिब्राल्टारलाई २–० ले हरायो । जितसँगै आयरल्यान्ड ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । जिब्राल्टर अंकविहीन छ । चेक रिपब्लिकले मोन्टेनग्रोलाई पराजित ग¥यो । जितसँगै चेकले समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डसँगको अंक बरारबरी गरेको छ । दुवै टोलीको समान ६ अंक छ । इंग्ल्यान्डले एक खेल कम खेलेको छ । मोन्टेनेग्रो २ अंक जोडेर चौथो स्थानमा छ । कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । कोसोभो ५ अंक जोडेर तेस्रो स्थानमा उक्लँदा बुल्गेरिया २ अंक जोडेर पुछारमा छ ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...