शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

क्याप्टेन अमेरिकालाई नमार्नुको कारण

एजेन्सी
2 months ago
12/06/2019

 

लस एन्जल्स । गत अप्रिलको अन्तिममा रिलिज भएको हलिउडको फिल्म ‘एभेन्जर्स इन्डगेम’ अहिलेसम्मकै हलिउडको फिल्ममा सबैभन्दा बढी व्यापार गरेको छ । एक सातासम्म दैनिक २४सै घन्टा नियमित प्रदर्शन भएको रेकर्ड पनि यो फिल्मले बनाउन सफल भएको थियो ।

विश्वभरका दर्शकहरू यो फिल्मप्रति सर्वाधिक आकर्षक भए । फिल्म एभेन्जरर्स इन्डगेम हेरेपछि मार्वल स्टुडियोका दर्शकहरू भावुक भएका छन् । यो फिल्मलाई अमेरिकाको मार्बल स्टुडियोले निर्माण गरेको हो । मार्बल स्टुडियोको सबैभन्दा चर्चित र मनपराइएका पात्र आइरन म्यान ब्ल्याक विडोको मृत्यु भएको यो फिल्ममा देखाइएको छ । आफूलाई मन परेको यी दुई पात्रको मृत्यु भएको फिल्ममा देखाइएपछि दर्शकहरू बढी भावुक भएको निष्कर्ष मार्बल स्टुडियोले निकालेको छ । यो फिल्मको अन्त्यमा क्याप्टेन अमेरिका पनि निकै बुढो भएको देखाइएको छ । क्याप्टेन अमेरिका बुढा भएको दृश्यले दर्शकलाई निराश बनाएको पनि स्टुडियोले मूल्यांकन गरेको छ ।

यो फिल्ममा क्याप्टेन अमेरिका (पात्र)को मृत्यु हुने खबरले दर्शकहरू चिन्तित देखिएका थिए । तर, क्याप्टेनको सट्टा आइरन म्यान ब्ल्याक विडोको मृत्यु दृश्यले पनि दर्शकलाई त्यत्तिकै भावुक बनाएको स्टुडियोको ठहर छ ।

यो फिल्म रिलिज भएको एक महिनापछि यसका निर्देशक जो रुसोले क्याप्टेन अमेरिकाप्रति दर्शकहरूको अत्यधिक भावनात्मक सम्बन्ध भएको देखेपछि उनलाई फिल्ममा नमारेर बूढो भएको मात्र देखाइएको खुलासा गरेका छन् ।

‘हामीले आइरन म्यान ब्ल्याक विडोलाई यो फिल्ममा मरेको देखाउँदा त दर्शकहरू यति धेरै भावुक भएर रोडमै रुँदै हिडेको दृश्य देख्न पाइयो । यदि क्याप्टेन अमेरिकालाई पनि फिल्ममा मारेको भए दर्शकहरूको पीडा त्योभन्दा धेरै हुने थियो ।’ सोही कारण पनि हामीले क्याप्टेन अमेरिकालाई नमारेर उनलाई बूढो भएको मात्र देखाइएको निर्देशक रुसोले बताए । क्याप्टेन अमेरिकालाई जीवित राखेका कारण इन्डगेमपछि पनि एभेन्जर्सको अर्को शृंखला आउने सम्भावना रहेको यी निर्देशकले बताएका छन् ।

 

(Visited 58 times, 1 visits today)
Loading comments...