बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

बझाङमा जीप दुर्घटना, ३ जना घाइते

डीबी विष्ट
7 days ago
12/06/2019

बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको से १ ज ५९९ नम्बरको जीप दुर्घटना भएको छ ।

जीप दुर्घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए ।

घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा लगिएको डिएसपी केसीले बताए ।

(Visited 36 times, 1 visits today)
Loading comments...