शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

खाडी जाने सपना थाती राखेर गाउँमै पौरख गर्दै युवा

विश्वनाथ सिम्खाडा
2 months ago
12/06/2019

कालिकोट । १२ वर्षको उमेर देखि भारतको नैनितालमा मजदुरी गदै आएका रास्कोट २ का चन्द सिम्खाडा अहिले मख्ख छन् । ‘म जस्ता बेरोजगारका लागि अहिले गाउँ नै नैनीताल भएको छ ।’ खुसी हुँदै चन्दले भने ‘भारतको नैनितालमा दिन भरि काम गर्दा पनि वेलुका हातमा खाली हुन्थ्यो ।’

काम गरेपनि काम अनुसारको ज्याला कहिल्यै पाएनन् । कमाएको पैसा खाँदैमा ठिक्क हुन्थ्यो उनको । कालिकोटको रास्कोट नगरपालिकाले बेरोजगार युवा युवतिहरुलाई रोजगारि दिने उदेश्यले श्रम रोजगार बैंक स्थापना गरेपछि चन्द जस्तै गाउँमा २ सय ६० जना बेरोजगार युवा युवतिको मुहारमा खुुसी छाएको छ । नगरपालिकाले एउटा छुटै श्रम वैक स्थापना गरेर नगरभित्रका विभिन्न ठाँउमा युवा युवतिलाई काममा लगाएको छ ।

‘आफ्नो गाउँ जस्तो रमाईले अन्त कहिँ गएर पनि पाउन सकिँदैन । मिठो मसिनो जस्तो सुकै भएपनि घरकै खाना खान पाएका छौं ।’ उनको भनाई थियो । काम गरेपछि पैसाको लागि कसैलाई हारगुहार गर्न पर्दैन नगरपालिकाले सम्बन्धित व्यक्तिको खातामै पैसा जम्मा गरिदिन्छ ।
रास्कोट १ का हिक्मत न्यौपाने रोजगारीकै क्रममा पाँच वर्ष खाडि मुलुक मलेसिया पुगे । मलेसिया वस्दा न त पैसा कमाउन सके न सुख सयल नै । पाँच वर्ष मलेसिया वस्दाको दुखको कथा भनिसाध्यै छैन । रोजगार वैंकमा आवद्ध भएपछि नयाँ जीवन पाएको महसुस् गरेका छन् । ‘आफ्नै गाउँमा काम गर्दाको मज्जा म शब्दमा व्यक्त गर्न सक्दिन ।’ उनले भने । धेरै युवा युवति अहिले खाडी जाने सपना थाती राखेर गाउँमै पौखर गर्न सक्रिय छन् ।

‘आफ्नो गाउँ जस्तो रमाईले अन्त कहिँ गएर पनि पाउन सकिँदैन । मिठो मसिनो जस्तो सुकै भएपनि घरकै खाना खान पाएका छौं ।’

श्रमरोजगार बैंकका अध्यक्ष पदम बहादुर खड्काका अनुसार नगरभित्रका विभिन्न ग्रमिण सडक, धारा, पुल पुलेसा, पोखरिमा श्रम रोजगार कार्यकताहरुले काम गरिरहेका छन् । ‘हामिले श्रम रोजगार स्थापना गर्दा धेरैले हासो र ठट्का रुपमा लिए । नगरले धान्न नसक्ने गरि रोजगारि दिन लाग्यो भनेर खिल्ली पनि उडाए तर, अहिले वास्तवमा यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि हामीलाई धन्यवाद दिएका छन् ।’ खड्काले भने । अन्य केहि बेरोजगार युवा युवतिलाई बैंकमा थप गर्ने योजना बनाएको अध्यक्ष खड्काले बताए ।

(Visited 124 times, 1 visits today)
Loading comments...