शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

विप्लवका जिल्ला सेक्रेटरी सहित नवलपरासीमा ३ जना पक्राउ

रामकुमार श्रेष्ठ
2 months ago
12/06/2019

नवलपरासी। पूर्वी नवलपरासी र पश्चिम नवलपरासीबाट गरी बुधबार विप्वलका ३ जना जिल्ला स्तरका नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक जना पार्टीका जिल्ला सेक्रेटरी हुन् भने एक जना जिल्ला सदस्य र एक जना युवाका जिल्ला अध्यक्ष हुन् ।

नवलपुर प्रहरीले पूर्वी नवलपरासीको डेढगाउँबाट इन्द्रबहादुर घर्ती गगन र धनसिं ठगुन्ना अर्जुनलाई बुधबार पक्राउ गरेको छ ।
गगन चुरे जिल्ला (पूर्वी नवलपरासीदेखि दाङसम्मको चुरे क्षेत्र) सेक्रेटरी हुन् भने अर्जुन सोही भुगोल अन्तरगतको जिल्ला सदस्य हुन् ।
त्यसैगरी विप्लव निकट युवा संगठनका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पनि बुधबार पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बुधबार विहान घरमै बसीरहेको अवस्थामा प्रहरीले साढे १० बजेतिर पक्राउ गरेर लगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । उनी राजामहात्मा माविका विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् ।

नवलपुर जिल्ला सदस्य धरौटीमा रिहा

नवलपरासी । विप्लव नेतृत्वको नेकपाका नवलपुर जिल्ला सदस्य पुरुषोत्तम रेग्मी बुधबार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत नवलपुरले २५ हजार धरौतीमा तारेखमा रिहा गरेको नेकपा जिल्ला पार्टीले जनाएको छ ।

नवलपुरमा यस अघि विप्लव नेकपाका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेकोमा ३ जना पार्टी परित्याग गरेर रिहा भएका थिए भने रेग्मी अदालतको आदेशमा रिहा भएका हुन् । यस अघि पक्राउ परेका दुई जना अझै प्रहरीको नियन्त्रणमा रहेका छन् ।

(Visited 57 times, 1 visits today)
Loading comments...