शनिवार ७ भाद्र, २०७६ (Saturday, 24th August 2019)
७ भाद्र, २०७६ (24 August 2019)

बर्खाले टुटाउछ २ सय ५० परिवारको गाउँपालिकासँग सम्बन्ध

भविन कार्की
2 months ago
12/06/2019

संखुवासभा । संखुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकाको १ र २ वडाको बिचमा रहेको सिसुवाखोलामा झोलुङगे पुल नहुँदा गाउँपालिकाको केन्द्र ताम्कु सँगको सम्बन्ध समेत विच्छेद हुने गरेको छ । खोलामा पुल नभएकै कारणले दुई सय ५० भन्दा बढी परिवारले गाउँपालिका केन्द्र सँग सम्बन्ध टुट्ने गरेको छ ।

बर्खा लागेपछि गाउँपालिका–१ का रियाम्मा, मोस्तेम र २ नम्बरको वालाका स्थानियको सम्बन्ध बर्खाको भेलले टुटाउने गरेको वडा नम्बर १का वडाअध्यक्ष अलक्ष कुमार कुलुङले बताए । बर्खायामको भेलले बाँस र काठबाट बनाइएको अस्थाई पुल बगाउदाँ गाउँपालिकाका दुई वडा र केन्द्र विचको सम्बन्ध टुट्ने गरेको उनको भनाइ छ । देवादहमा पुल नहुँदा स्थानीयलाई धेरै सास्ती पाउने गरेका छन् ।

सिसुवाखोला बढेपछि स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको छ । वारीपारी आवतजावतमा समस्या नहोस् भनेर खोला बढ्नसाथ अस्थायी पुल बनाउन वाँस र काठको जोहो गर्नु परेको स्थानिय बताउँछन् । वर्षातको भेलमा ज्यान जोखिममा राखेर दुई सय ५० भन्दा वढि परिवारले सो फड्के मार्फत आवतजात गर्ने बाध्य भएको कमलराज कुलुङले बताए ।

बर्खायामको भेलले बाँस र काठबाट बनाइएको अस्थाई पुल बगाउदाँ गाउँपालिकाका दुई वडा र केन्द्र विचको सम्बन्ध टुट्ने गरेको छ

बर्खाको भेलले पुल बगाएको समयमा वडा नम्बर १ बालाका स्थानिय ४ घण्टाको बाटो घुमेर मात्र पुग्ने गरेका छन् । उनीहरु अर्को पुल जान ताम्लुङ, छुदाक हुँदै सिसुवाटार आउनु पर्ने कुलुङले जानकारी दिए । पुल नहुँदा मोस्तेम, रियाम्मा र ताम्लुङका विद्यार्थी समेत ४ घण्टा लामो घुमाउरो बाटो हुँदै बाला याम्दाङ माध्यमिक विद्यालय जानु पर्ने बाध्यता रहेको छ । झोलुङ्गे पुल निर्माणका लागि संघिय, प्रदेश सरकार, स्थानीय तह, विभिन्न संघसंस्था सबैसँग निबेदन पेश गरि पुल निर्माणका लागि अनुरोध समेत गरेका छन् । पुल निर्माणमा स्थानीय तहको समेत ध्यान पुग्न नसकेको स्थानीयको आरोप छ ।

सिलिचोङ गाउँपालिका अहिले ६ वटा फड्के सञ्चालनमा रहेको छ। यस गाउँपालिकाको वडा ४ र ५ को विचमा रहेको नेवाखोलामा पनि फड्के सञ्चालनमा रहेको छ। त्यसैगरी वडा ५ र ९ विचमा रहकेको नौवाखोला, ४ र ८ को विचमा रहेको सखोला, ८ र ९ को विचमा रहेको रेम्बेवान सिवावाखोलामा पनि फड्के सञ्चालनम रहेको छ । सम्तेल देखि ९ वेसिन्दा तर्ने पनि बाँस र काठको फड्के सञ्चालनमा रहेको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...