बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

लोककल्याणकारी विज्ञापनको पैसा घटेको भन्दै धर्ना बस्ने पत्रकार पक्राउ

सुजीतकुमार झा
3 months ago
12/06/2019

जनकपुरधाम । जनकपुरधाम स्थित जिल्ला हुलाक कार्यालय धनुषा धर्ना बसेका सप्तरीका सञ्चारकर्मीलाई प्रहरीले बल प्रयोग गरि पक्राउ गरेको छ ।

पत्र–पत्रिकालाई प्रदान गरिदै आएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएकोप्रति विरोध जनाउँदै धर्ना बसेका सप्तरीका संचारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी सबै संचारकर्मीलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ ।

स्थानीय पत्र–पत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापन वापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४०–७० प्रतिशत रकम कटौती गरिएको उनीहरुको भनाइ छ । रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपरेको धर्नाका सहभागी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।

रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको र धर्ना बस्दा प्रहरीले पक्राउ गरेको उनीहरुले बताएका छन् ।

(Visited 31 times, 1 visits today)
Loading comments...