सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

भारतको एक गार्मेन्ट कारखानामा आगलागी, १५ जनाको मृत्यु, कैयौ घाइते

2 years ago
11/11/2016

india-fire

नयाँ दिल्ली, २६ कात्तिक

भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । यसमा परी अरु कैयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । सानो झिल्कोबाट सुरु भएको उक्त आगलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको छ ।

उत्तरी भारतीय राज्य उत्तर प्रदेशबाट २५ किलोमटिर मात्र टाढा रहेको राष्ट्रिय राजधानीनजिकै रहेको साहिबावादमा अवस्थित एक गार्मेन्ट कारखानामा आगालगी भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट १५ जनाको शव निकालिएको र घाइतेहरुलाई विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको प्रहरीले बताएको छ । सिन्ह्वा

(Visited 12 times, 1 visits today)
Loading comments...