बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो

राजधानी समाचारदाता
3 months ago
13/06/2019

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ ।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।

मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ ।

(Visited 132 times, 1 visits today)
Loading comments...