आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

सिन्धुलीमा तीन नगरपालिका र पाँच गाउँपालिका बनाउने प्रस्ताव

2 years ago
11/11/2016

sindhuli_district

सिन्धुली, २६ कात्तिक

स्थानीय तह पुनःसंरचनाका लागि प्राविधिक सहयोग समितिले पुनःसंरचना आयोगलाई आज आठ वटा तहको स्थानीय तह हुने गरी प्रतिवेदन बुझाएको छ । स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक शिवप्रसाद हुमागाईंको टोलीले काठमाडौँस्थित आयोगमा पुगेर प्रतिवेदन आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेललाई बुझाएको हो । प्रतिवेदनमा तीन नगरपालिका र पाँच गाउँपालिका हुने उल्लेख छ । सिन्धुलीका कमलामाई र दुधौली नगरपालिकासँगै नयाँ फिकल नगरपालिका बनाउने प्रस्ताव पनि गरिएको छ ।

प्रस्तावित फिकल नगरपालिकामा अहिलेका खोलागाउँ, भुवनेश्वरी, डुँडभन्ज्याङ, पोखरी, खाङ्साङ, सोल्पाठाना र रत्नावती गाविस समावेश हुने बताइएको छ । स्थानीय तह पुनःसंरचनाका लागि प्राविधिक सहयोग समितिले कमलामाई नगरपालिकामा कमलामाई नगरपालिकासँगै जलकन्या, भद्रकाली, रतनचुरा, तीनकन्या, रानीचुरी र रानिवास गाविस समावेश हुनेछन् । दुधौली नगरपालिकामा दुधौली नगरपालिकासँगै हतपते, निपाने, सिर्थौली, जिनाखु, अरुणठाकुर र ककुरठाकुर गाविसलाई पनि समावेश गरिएको छ ।

गाउँपालिकामा महाभारत गाउँपालिकामा भीमस्थान, बेलघारी, जरायोटार, बालाजोर, बाहुनतिल्पुङ, महादेवडाँडा, लाम्पान्टार र आम्बोटो गाविस तथा सुनकोसी गाउँपालिकामा कुशेश्वर दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, शीतलपाटी, मझुवा, वासेश्वर र भीमेश्वर गाविसलाई समावेश गरिएको छ ।

यस्तै घ्याङले गाउँपालिकामा नेत्रकाली, शान्तेश्वरी, तामाजोर, अमले र बस्तीपुर गाविस, हरिजितपुरगढी÷हरिहरपुरगढी गाउँपालिकामा हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी, क्यानेश्वर गाविस र पञ्चकन्या÷मरिणठाकुर गाउँपालिकामा कपिलाकोट, कल्पवृक्ष, महादेवस्थान र डाँडीगुरासे गाविसलाई समावेश गरिएको छ ।

पुनःसंरचनाका विषयमा सबै राजनीतिक दलको सहमति नभएपछि नेपाली काँग्रेस, नेकपा (एमाले) सहितका विभिन्न साना दलले यसभन्दा पहिला सिन्धुलीलाई दुई नगरपालिका र सात गाउँपालिका बनाउने सहमति बनेको थियो ।

स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक शिवप्रसाद हुमागाईंको अध्यक्षतामा बसेको बैठकले यस्तो सिफारिस गर्न आन्तरिक रुपमा दल सहमत भए पनि बाहिर भने विमति जनाउँदै आएको बताइएको छ । रासस

(Visited 11 times, 1 visits today)
Loading comments...