बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

कञ्चनपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो (मृतकको सूची सहित)

सुरेश पन्त
2 weeks ago
14/06/2019

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अटोरिक्सा चालक प्रेम थापाको उपचारका क्रममा भारतको अस्पतालमा मृत्यु भएपछि मृतकको सङख्या चार पुगेको हो ।

मृतक थापाको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

शुक्रवार बिहान सदरमुकाम महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटर र विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा ठोक्किएपछि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

(Visited 71 times, 1 visits today)
Loading comments...