मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

किशोरीलाई होटलमा बन्धक बनाएर बलात्कार

राजधानी समाचारदाता
3 months ago
14/06/2019

काठमाडौं । किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गौरको एक होटलमा १६ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले गौर नगरपालिका ३ का १९ वर्षका चन्दन दुबेलाई पक्राउ गरेको छ ।

दुबेले विभिन्न प्रलोभन देखाएर गएको २७ जेठमा किशोरीलाई होटलमा पुर्याएका थिए । होटलमा लगेपछि बन्धक बनाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।

(Visited 78 times, 1 visits today)
Loading comments...