मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

गुठी विधेयक फिर्ताको माग गर्दै राँके जुलुस

राजधानी समाचारदाता
3 months ago
14/06/2019

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको ‘गुठी सम्बन्धि कानूनलाई एकिकृत तथा संशोधन गर्न बनेको विधेयक,२०७५’को विरोध गर्दै सुरु भएको आन्दोलनले शुक्रवार पनि निरन्तरता पायो ।

शुक्रवार गुठी संरक्षण अभियानका अभियन्ता तथा स्थानीयले ललितपुरमा मसाल जुलुश गर्दै बिरोध जनाएको छन् ।

सरकारले गुठीका सम्पत्तिको संरक्षणलाई समयानुकूल परिमार्जन गर्न भन्दै गुठी संस्थानलाई प्राधिकरण अवधारणमा लाने र प्राधिकरणले नै गुठीका सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्ने उल्लेख गरिएको छ ।

अभियन्ताहरुले भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरोकारवालाहरुसँग छलफल नगरी संसदबाट पारित गर्ने तयारी गरेको र यसबाट बषौँ पुरानो परम्पराको रुपमा हुँदै रहेको गुठी व्यवस्थाको संरक्षण हुन नसक्ने बताउँदै आएका छन ।

उपत्यकामा राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको नामबाट संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले सरकारले विधेयक फिर्ता लिएर छलफलपछि मात्र संसद्बाट पारित गराउनुपर्ने बताउँदै आएका छन ।

समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारले माग सुनुवाई नगरे आन्दोलनलाई देशव्यापी बनाउने बताएका छन । देशका बिभिन्न स्थानमा गुठी विधेयक र्फिताको माग गर्दे प्रर्दशन गर्ने क्रम बढ्दो छ ।

(Visited 126 times, 1 visits today)
Loading comments...