मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जित, जोए रुटको शतक

एजेन्सी
3 months ago
14/06/2019

साउथह्याम्पटन । ओपनर जोए रुटले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजमाथि सहज जित हात पारेको छ ।

साउथह्याम्पटनमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि ९ विकेटको सहज जित हात पारेको हो ।

वेस्ट इन्डिजले दिएको २ सय १३ रनको मध्यम लक्ष्य घरेलु टोली इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । ९३ बलमा ११ चौकाको मद्दतमा शतक पूरा गरेका रुट १ सय रनमा अविजित रहे ।

क्रिस वोक्स ४० रनमा आउट भए । बेन स्टोकले १० रन जोडे । वेस्ट इन्डिजका दुवै विकेट सानम ग्याब्रियलले लिए ।

घरेलु टोली इंग्ल्यान्डले पहिलो विकेटका रूपमा जोनी बरिस्टोभलाई ४५ रनमा गुमाएको थियो । सानदार सुरुवात गरेको इंग्ल्यान्डको पहिलो विकेटका लागि बरिस्टोभ र रुटले ९५ रनको साझेदारी गरेका थिए ।

उनीहरूको साझेदारी सानम ग्याब्रियलले तोडेका थिए । तर, त्यसपछि रुट र क्रिसले दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरेका थिए ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४ ओभर ४ बलमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो । निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए ।

इभिन लुइस २ रनमा बोल्ड आउट गरे । क्रिस गेलले ३६ रनको योगदान दिए । लगत्तै दुई बलपछि विकेटकिपर शाई होप ११ रनमा पेभेलियन फर्किए ।

चौथोे विकेटका लागि निकोलस पुरन र सिमरोन हिटमायरले ८९ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ उकासेका थिए ।

हिटमायर ३९ रनमा आउट भए । कप्तान जोसन होल्डर ९ रनमा आउट भए । आन्द्रे रसेल २१ रनमा क्याच आउट हुन पुगे । कार्लोस बर्थवेट १४ रनमा आउट भए । जोफ्रा आर्चर र मार्क उडले समान ३–३ विकेट लिए ।

जितसँगै इंग्ल्यान्ड ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्ट इन्डिज ४ खेलबाट ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...