मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

बलात्कार आरोपीलाई ७ वर्ष जेल, १ लाख क्षतिपूर्ति

राजधानी संवादाता
3 months ago
14/06/2019

हेटौंडा । जिल्ला अदालत मकवानपुरले १६ वर्षीय बालकलाई सात वर्ष कैदको फैसला सुनाएको छ । बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको हो ।

पीडित बालिकालाई पीडकबाट रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले मकवानपुरको बकैया गाउँपालिका–१० का १६ वर्षीय बालकलाई १४ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको ठहर गर्दै सो फैसला गरेको हो ।

श्रेस्तेदार केशवराज कौशिकले उमेर १८ वर्ष पार नगरेकाले दोषीलाई सात वर्ष मात्र कैद सजाय गरिएको जानकारी दिनुभयो । ती बालकलाई अहिले बालसुधार गृह हेटौँडामा राखिएको छ ।

उनको उमेर १८ वर्ष पूरा भएपछि बाँकी कैद भुक्तानीका लागि कारागार पठाइने कौशिकले बताए । बालकले गत वैशाखमा सात बालिकालाई जबरर्जस्ती करणी गरेका थिए ।

(Visited 25 times, 1 visits today)
Loading comments...