बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

यूएईमा बेचिएकी अस्मिता घर फर्किइन्

राजधानी समाचारदाता
3 months ago
15/06/2019

 

सर्लाही ।  कामका लागि विदेश गएका नेपाली युवाले विदेशमा बसेर पैसा मात्रै कमाएका छैनन्, आफूले कमाएको पैसाको केही अंश जोगाएर समाज सेवासमेत गरेका छन् ।

यसैक्रममा कतारमा कार्यरत सर्लाहीका युवाको संगठन सर्लाही सेवा समाज यूएईले दलालको झुठो प्रलोभनमा परी भारतको बाटो हुँदै यूएई पु¥याइएकी हरिवन–५ की अस्मिता बज्यू तामाङलाई उद्धार गरेको छ । दलाल सुजन तामाङले अस्मितालाई अल याहर हाउस मेड कम्पनीसँग मोटो रकम लिएर बेचेको खुलासा भएको छ । हरिवनकी अस्मितासहित श्रीलंका, बंगलादेशलगायत देशका १० जना चेलीलाई कम्पनीले अल ऐनस्थित कम्पनीकै आवासगृहमा ८ महिनासम्म बन्दी बनाएर राखेको अस्मिताले आफ्नो दाइलाई बताएको सर्लाही सेवा समाज यूएईले जानकारी दिएको छ ।

अस्मिता बन्धक भएको जानकारी उनकै दाइमार्फत समाजका पूर्वमहासचिव विनेश कार्कीले गराएपछि आफूहरूले अस्मिताको उद्धारका लागि चासो दिएको समाजका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले बताए । अस्मितालाई बन्दी अवस्थाबाट उद्धार गरी समाजले नै हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काएको सर्लाही सेवा समाज यूएईका महासचिव इन्द्र सेन्चुरीले बताए ।

(Visited 239 times, 1 visits today)
Loading comments...