शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

बझाङमा जीप दुर्घटना : ४ जनाको मृत्यु, घटनाको थप विवरण आउन बाँकी

डीबी विष्ट
4 months ago
17/06/2019

बझाङ । बझाङमा जीप दुर्घटना भएको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको स. १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ४ जनाको मृत्यु भएको घटना स्थलमा खटीएका वडा प्रहरी कार्यालयका सहि माहानन्द जोशीले राजधानी दैनिकलाई बताए । जीप अफ्ठ्यारो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको उनको भनाई छ । जीप के कसरी दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।

२/३ जनाको उद्धार गरि सकेको छ भने जीपमा कति सवार थिए, कति जनाको मृत्यु भयो भन्ने केही खुल्न नसकेको उनले बताए । अहिलेसम्म ४ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा छ । घटनाको विवरण आउन बाँकी छ ।

घटना स्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसी सहितको गएको छ । उद्धारका लागी नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानी बासिन्दा भिरमा बाटो खन्दै लागी परेको घटनास्थलबाट सहि माहानन्द जोशीले जानकारी दिए ।

(Visited 65 times, 1 visits today)
Loading comments...