मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, अरुण तेस्रोको निमार्ण सामग्री पुरिँदा करोडाैँको क्षति

भविन कार्की
4 months ago
18/06/2019

संखुवासभा । अबिरल बर्षासँगै आएको पहिरोले किमाथांका सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले मकालु गाउँपालिका–५ मा निमार्ण भइरहेको अरुण तेस्रोको करोडाैँ निमार्ण सामग्री पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मीम लामाले जानकारी दिए ।

पहिरोले निमार्णधीन ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यास साइड समेत क्षति पु-याएको छ । पहिरोले मकालु गाउँपालिका–३ नयाँ बस्तीमा रौता कन्ट्रक्सन कम्पनीको बुमर मेसिन एक थान, स्काइभेटर दुई थान, लोडर एक थान, ट्याक्टर एक थान, कम्प्रेसर मेसिन एक थान, जेनेरेटर एक थान, रड बनाउने मेसिन एक थान पुरेको प्रहरी प्रमुख लामाले जानकारी दिए ।

त्यस्तै पहिरोले मकालु गाउँपालिका–५ मा निमार्णधिन ड्यास साइड क्षेत्रमा समेत क्षति पु-याएको छ । आयोजनाको ड्याम साइडको कम्प्रेसर मेसिन एक थान, फलामको पाइप भएको एक ट्रक, वाटर पम्प पाँच थान, फलामको रड २ सय क्विन्टल ,गिट्टी फुटाउने मेसिन एक थान बगाएको प्रहरीले जनाएको छ ।

पहिरोले किमाथांका सडक ठाउँ ठाउँ अवरुद्ध

पहिरोले किमाथांका सडकको चिचिला गाउँपालिका–४ स्थित सुम्मा भिरदेखि कप्तानेसम्मको सडक माथिबाट झरेको पहिरोले बगाएको छ । पहिरोले मकालु गाउँपालिका–५नुम बजारबाट फ्याक्सिन्दा जाने सडक बगाउँदा यातायात अवरुद्ध भएको बताइएको छ । पहिरोले मकालु गाउँपालिकाको विभिन्न भूभागमा लाखौ बराबरको अन्नबाली समेत बगाएको छ ।

पहिरोले किमाथांका सडक खण्डको यातायात सुचारु हुन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ । सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको भएपनि बर्षाका कारण समस्या भएको बताइएको छ । उक्त क्षेत्रमा टेलिफोन र विद्युत् समेत अवरुद्ध छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...