आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

चीनमा ६ रेक्टरको भूकम्प, ११ को मृत्यु, १२२ जना घाइते

एजेन्सी
1 month ago
18/06/2019

चीन । चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।  देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०ः५५ बजे राती भूकम्प गएको थियो ।

अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ । भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ ।-एएनआई

(Visited 50 times, 1 visits today)
Loading comments...