आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

लक्ष्मी बैंकको नाफा एक अर्ब नाघ्यो

राजधानी समाचारदाता
1 month ago
19/06/2019

 

काठमाडौं । लक्ष्मी बैंकले स्थापना कालदेखि नै आमजनतालाई बैंकिङ सेवा दिँदै आएको छ । यस बैंकको स्थापना सन् २००२, अप्रिलमा भएको हो । बैंकको ५१ प्रतिशत प्रमोटरको लगानी भएको छ भने ४९ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ । यसका मुख्य लगानीकर्ताहरूमा लक्ष्मी कर्पाेरेट नेपालको १४ दशमलव २६ प्रतिशत, सारिका खेतानको ९ दशमलव ८९ प्रतिशत, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको ८ दशमलव ६८ प्रतिशत, स्नेहा खेतानको ५ दशमलव ६० प्रतिशत, राजेन्द्रकुमार खेतानको ५ दशमलव ११ प्रतिशत र रत्नलाल संघाईको ५ दशमलव १० प्रतिशत सेयर रहेको छ । यस बैंकको नाफा १ अर्ब नाघेको छ । बैंकले चालू आर्थिक वर्षको चैत महिनासम्म १ अर्ब २ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा कामएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले गत वर्षको तुलनाभन्दा १६ करोडले बढी नाफा कमाएको छ । बैंकले चैत मसान्तसम्म ७८ अर्ब ६६ करोड निक्षेप संकलन गरेको छ भने ७३ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १६३ करोडबाट २१९ करोड, गैरब्याज आम्दानी ३५ करोडबाट ४४ करोड पुगेको छ । बैंकले कर्मचारी खर्च ५२ करोडबाट ७० करोड पु¥याएको छ भने सञ्चालन खर्च ३१ करोडबाट ४४ करोड रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणले देखाएको छ । बैंकको कस्ट अफ फन्ड ७ दशमवल ७३ बाट घटेर ७ दशमलव ३२ प्रतिशत पुगेको छ ।  त्यस्तै, आधार ब्याजदर ११ दशमलव ३५ प्रतिशतबाट घटेर १० दशमलव २६ प्रतिशतमा पुगेको छ । बैंकको स्प्रेडदर ३ दशमलव ६१ प्रतिशतबाट बढेर ४ दशमलव १९ प्रतिशत पुगेको देखिएको छ ।

त्यसैगरी, पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव भएका कारण बैंकहरूले धमाधम ऋणपत्र निष्कासन गरिरहेका छन् । त्यसै सन्दर्भमा लक्ष्मी बैंकले पनि लगानीको थप रकम जुटाउन ऋणपत्र निष्कासन गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेकोे छ । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँको दरमा २० लाख एकाइ ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ८ लाख एकाइ सर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ । बाँकी १२ लाख एकाइ बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बैंकले यस ऋणपत्रमा वार्षिक १० दशमलव ५ प्रतिशत  ब्याजदर दिने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१०५ लक्ष्मी बैंक डिबेन्चर २०८६’ नामको  ऋणपत्र ल्याउन  लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्ने भएको छ । यस ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । धितोपत्र बोर्डको व्यवस्थाअनुसार कुल निष्कासित एकाइको ४० दशमलव ५ ऋणपत्र अनिवार्य रूपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । थप लगानी जुटाउन बैंकले धमाधम ऋणपत्र जारी गरिरहेका छन् भने कतिपय बैंकले दोहो¥याएर पनि ऋणपत्र जारी गरिरहेका छन् ।

बैंकहरूले ऋणपत्र निष्कासन गरिहे पनि त्यसप्रति सर्वसाधारण लगानीकर्ता भने आकर्षित हुन सकेका छैनन् । सेयर बजारमा जोखिमसँगै लाभको मात्रामा पनि निकै धेरै रहेको छ । सजिलै दोस्रो बजारमा किनबेच गर्न सकिन्छ । तर, यहाँ दोस्रो बजारमार्फत ऋणपत्र कारोबार गर्ने चलन प्रभावकारी भएको छैन । ऋणपत्रमा बैंक निक्षेपजस्तै निश्चित प्रतिशत ब्याजदर तोकिने भएकाले नै लगानीकर्ताले चासो नदेखाएका हुन् । यसअघि ऋणपत्र जारी गरेका र गरिहेका बैंकहरूको पनि बिक्न सकेका छैनन् । बैंकहरूले आफ्ना ऋणपत्र नबिकेपछि सबैले समय थप गरिरहेका छन् ।

 

 

बैंकिङ विश्लेषण

 

त्यस्तै, बैंकको संस्थापक (प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल ९ लाख ५ हजार ५१२ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । गत २ जेठको निर्णयअनुसार सो सेयर सर्वसाधारण समूहमा परिणत भएको हो । नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले सेयर स्वामित्व संरचना परिर्वतन गर्न स्वीकृति र कम्पनी रजिस्ट्रारको नियमावलीमा संशोधन भएअनुसार प्रमोटर र सर्वसाधारणको सेयर संरचना गरिएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, नवीकरणीय ऊर्जा प्रवद्र्धन, वित्तीय साक्षरता, विपन्न तथा पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य तथा जीवनस्तर उत्थानलगायत समाजका विभिन्न क्षेत्रहरूमा सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ । साथै बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी निःस्वार्थ पहलु नामक सामाजिक संस्थामार्फत समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्ने र संस्थाले, चलचित्र प्रदर्शनलगायत विभिन्न कार्यक्रमको आयोजना गरी प्राप्त गरेको रकम विविध क्षेत्रमा सहयोगार्थ प्रदान गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यसै वर्षबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यविधि, २०७५’ बनाई लागू गरेको छ । आव २०७४÷७५ मा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वका लागि १ करोड ६६ हजार छुट्याइएकोमा ९४ लाख ४८ हजार रुपैयाँ खर्च भई बाँकी ६ लाख १८ हजार रुपैयाँ चालू आवका लागि खर्च छुट्याइएको छ । यसका अतिरिक्त आव २०७४÷७५ को नाफाबाट आव २०७५÷७६ मा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा प्रयोग हुने गरी १ करोड १८ लाख छुट्याइएको छ ।

बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भइसकेको छ । सम्झौताअनुसार लक्ष्मी बैंकले देशभर रहेका आफ्ना १०६ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजना बिक्री गर्नेछ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सावधिक बिमा योजना, डबल सावधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै गत २७ माघबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २७ शाखा तथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको जनाएको छ ।

 

 

 

(Visited 43 times, 1 visits today)
Loading comments...