बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

सुस्मिता र सुशीलालाई स्वर्ण

राजधानी समाचारदाता
2 months ago
19/06/2019

 

काठमाडौं  । आर्मीकी सुस्मिता लवट र सुशीला चन्दले प्रथम क्लोज प्राटेक्ट जुडो च्याम्पियसिपमा स्वर्ण जित्न सफल भएका छन् । ओलम्पिक डे २०१९ को अवसरमा नेपाल जुडो संघको आयोजनामा भएको च्याम्पियनसिपको ५७ केजीमुनिको तौल समूहमा सेनाकी सुस्मिताले सेनाकै लक्ष्मी तामाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । सेनाकै रोशना दंगाल र सुस्मिता थारूले संयुक्त रूपमा कांस्य पाए । यस्तै, ५७ केजीमाथिको तौलमा सुशीलाले सेनाकै विनिता मगरलाई हराउँदै स्वर्ण कब्जा गरिन् । सेनाकी सुमित्रा मगर र सीपीजेका भवानी आचार्यले कांस्य पाए ।

पुरुष ६० केजीमुनिको तौलमा सीपीजेका शीतल थापाले सेनाका कर्मा तामाङलाई पछि पार्दै स्वर्ण जिते । सेनाका तिलकबहादुर देउजा र सीपीजेका दीपक रासकोटीले कांस्य पाए । ६६ केजीमुनिको तौलमा सेनाका राजेश चौधरीले सेनाकै सुदीप बोहरालाई पराजित गर्दै स्वर्ण हात पारे । तेस्रो स्थानमा सीपीजेका अनिल बलामी र टोपबहादुर पुन रहे । ७३ केजीमुनिमा सेनाका जंगबहादुर सारूले स्वर्ण, सीपीजेका अकल भंडारीले रजत तथा सेनाका भीष्म बराल र सीपीजेका भरत तामाङले कांस्य पाए । ७३ केजीमाथिको तौलमा सेनाका रमेशबहादुर चन्दले स्वर्ण हात पार्दा सीपीजेका शिवबहादुर बोहराले रजतमा चित्त बुझाए । सेनाका अनिल भण्डारी र सीपीजेका दिनेश प्रधानले कांस्य पाए ।

च्याम्पियनसिपका विजयी खेलाडीहरू उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठ, विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य दीपकहर्ष बज्राचार्य, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री शशिचन्द्रबहादुर सिंहलगायतले पुरस्कृत गरे ।

(Visited 9 times, 1 visits today)
Loading comments...