बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

टफिचु जुनियर च्याम्पियन्स कप भोलिदेखि

राजधानी समाचारदाता
3 months ago
19/06/2019

 

काठमाडौं  । दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगिता बिहीबारदेखि आयोजना हुने भएको छ ।

सूर्य नेपाल प्राइभेट लिमिटेड ग्रासरुट फुटसल एकेडेमीले सूर्य नेपाल प्राइभेट लिमिटेडको कन्फेक्सनरी ब्रान्ड टफिचुको प्रायोजनमा हुने प्रतियोगिता जुन २० बाट २३ जुनसम्म विभिन्न पाँच फुटसल भेन्युमा सञ्चालन हुनेछ । तीन विधामा हुने प्रतियोगितामा विभिन्न ८७ स्कुलको सहभागिता रहने आयोजकले जनाएको छ । तीन विधामा यू–११, यू–१३ र यू–१५ विधामा प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स कप ग्रासरुट फुटसल, शान्तिनगर फुटसल, सामाखुसी फुटसल, नेसनल स्पोर्टस् सेन्टर र बिजी ब्रदर्श फुटसलमा हुनेछ ।

यू–११ बाहेक बाँकी दुई विधा यू–१३ र यू–१५ का लागि पाँच भेन्युबाट शीर्षस्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलमा ५ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । शीर्ष हुने टोलीले फाइनलमा स्थान बनाउनेछन् । यस प्रतियोगिताका लागि आयोजकले राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरणकुमार लिम्बूलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । उनले प्रतियोगिता भर यस फुटसललाई नियाल्नेछन् । गत वर्ष यू–१२ मा रातो बंगला र यू–१४ मा शिवपुरी स्कुल विजेता बनेको थियो ।

(Visited 16 times, 1 visits today)
Loading comments...