आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

इलामकी सुजताको पाँचथरमा घाँटी रेटेर हत्या

भगीरथ भण्डारी
1 month ago

इलाम इलामको माईजोगमाई गाउँपालिका वडा नं. ५ की सुजता तमाङको पाँचथरमा हत्या भएको छ ।

पाँचथर एनएमबी माईक्रो फाइनान्समा हिलिहाङ्ग ३, गोपेटार पाँचथरमा कार्यरत २० बर्षीय सुजता तमाङको हत्या भएको हो ।

पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका वडा नं. ६ स्थित एनएमबी माईक्रो फाइनान्सको २ वटा समुहको बैठक सकाएर फर्कने क्रममा सोही वडाको सिद्धेखोला भन्ने स्थानमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा लास फेला परेको र अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए। अहिले शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।

(Visited 149 times, 1 visits today)
Loading comments...