बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

नेपाल नृत्योत्सवमा सात प्रदेशका लोक नृत्य

राजधानी समाचारदाता
2 months ago
20/06/2019

 

काठमाडौं ।यही १९ देखि २१ असारसम्म काठमाडौंमा ‘नेपाल नृत्योत्सव’ हुने भएको छ । नृत्य कलाकारलाई लक्षित गरेर यो उत्सव आयोजना गर्न लागिएको आयोजक स्थेटिक डान्स स्टुडियोले जानकारी गराएको छ ।

सो उत्सवलाई लक्षित गरेर स्टुडियोले मंगलबारबाट काठमाडौंको जमलस्थित नाचघरमा १५ दिनको शास्त्रीय नृत्य प्रशिक्षण सुरु गरेको छ । भारतबाट आएका शास्त्रीय नृत्य प्रशिक्षक लिना मालाकार र अरुपा लोहिरीले दैनिक रूपमा नृत्यको तीन वटा कक्षा लिइरहेका छन् । मालाकारले कथक र लेहिरीले भरत नाट्यम प्रशिक्षण दिइरहेको आयोजक नम्रता केसीले जानकारी गराइन् ।

‘नृत्य प्रशिक्षणको समापनसँगै १९ असारबाट नाचघरमा नृत्योत्सव सुरु हुनेछ । पहिलो दिन सात प्रदेशबाट एक–एक वटा लोक नृत्य प्रदर्शन गरिनेछ,’ केसीले भनिन् । उनका अनुसार २० गते विभिन्न नृत्यमाथि विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । नृत्यबारे बहस पनि हुनेछ ।

उत्सवको अन्तिम दिन २१ असारमा ४० मिनेटको कथक, भरत नाट्यमलगायत विभिन्न नृत्य प्रस्तुति गरिने आयोजकले जनाएको छ । नृत्यको विकास र यसप्रति दर्शकको आकर्षणका लागि उत्सव आयोजना गरिएको केसीले बताइन् ।

(Visited 16 times, 1 visits today)
Loading comments...