मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

सलमानलाई २०० करोडको सफलता

एजेन्सी
4 months ago
20/06/2019

मुम्बई । यस्अघि फिल्म ‘ट्युब लाइट’ र ‘रेश–३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ । उनलाई नयाँ फिल्म ‘भारत’बाट व्यावसायिक सफलता मिलेको हो ।

तीन वर्षअघि रिलिज भएको फिल्म ‘सुल्तान’ पछि सलमान खानले बल्ल स्वदेशमा २०० करोडको सफलता पाएका छन् ।

सलमानले १९ वर्ष पुरानो कालो हरिण सिकार काण्डमा दुई दिनअघि मात्र अदालतबाट पूर्ण सफाइ पाएका थिए । अहिले फिल्म पनि सुपर हिट भएको छ । सोही कारण उनी निकै खुसी छन् । कलो हरिण सिकार काण्डमा निर्दोष सावित भएको दुई दिनपछि नै स्वदेशमा उनको फिल्म ‘भारत’ २०० करोड क्लब प्रवेश गरेको छ ।

भारतमा रिलिज भएको १४औं दिनमा उनको फिल्मले २०१ करोड ८६ लाखको व्यापार गरेको हो । यो फिल्मले स्वदेशमा २ सय २५ करोडको हाराहारीमा व्यापार गर्ने अनुमान गरिएको छ ।

खान अहिले नयाँ फिल्म ‘दवंग–३’को निर्माणमा व्यस्त छन् ।  बलिउडमा सलमान खान, आमिर खान र शाहरूख खानका पछिल्ला फिल्महरू एकपछि अर्को गर्दै व्यावसायिक रूपमा असफल हुँदै गएका थिए ।

आफ्ना दुई फिल्म लगातार असफल भएपछि केही निराश भएका सलमानलाई भारतले खुसी दिएको छ ।

फिल्म भारतले भारतसँगै विश्व बजारमा पनि राम्रो व्यापार गरिरहेको छ । आगामी वर्ष यो फिल्मलाई चीनमा रिलिज गर्ने अभियानमा उनी जुटेका छन् ।

 

 

(Visited 104 times, 1 visits today)
Loading comments...