बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

खाद्य प्रविधिका महानिर्देशक कर्ण सहित १३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजधानी समाचारदाता
3 months ago
20/06/2019

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बिहिबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

महानिर्देशक कर्णको समुहले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि खरिद गरिएका ४ वटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिसन लिएको तथा मापदण्ड नपुगेका भ्यान खरीद गरी आर्थिक अनियमितता गरेको भन्दै मुद्दा आयोगले दायर गरेको हो ।

४ थान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिने गरी २ पटकमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ हिनामिना गरेको अभियोगमा उल्लेख छ ।

को को छन् भ्रष्टाचारमा संलग्न

सवारी खरीदमा आर्थिक अनियमितता गर्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम रहेका छन् ।

त्यस्तै शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव गणेश प्रसाद चालिसे रहेका छन् उनीहरु विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

(Visited 100 times, 1 visits today)
Loading comments...