आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

प्रहरीद्वारा मारिएका पौडेल एमाले, चुरेभावर,वैद्य माओवादी हुँदै विप्लव प्रवेश गरेका थिए

राकेश गुप्ता
1 month ago
20/06/2019

मलंगवा । सर्लाहीमा दोहरो गोली हनाहानमा विप्लवका सर्लाही इन्चार्ज मारिएका छन । प्रहरीको कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व सर्लाही इन्चार्ज बागमति नगरपालिका वडा नं. २ बस्ने ४७ वर्षिय कुमार पौडेल ज्यान गएको छ । प्रहरीको भनाई अनुसार लालबन्दी नगरपालिका वडा नं.१ लखजदेही स्थित जंगलको पश्चिम किनारमा रहेको उत्तर दक्षिण बाटोमा प्रहरीको गस्तीको सिलसिलामा लालबन्दीबाट उतरतर्फ गईरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नसाथ प्रहरीलाई लक्षित गरी फायर गरेको थियो । प्रहरीले आत्म रक्षाको लागि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको दावी गरेको छ ।

पौडेल नेकपा एमालेका कार्यकर्ता हुदै २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष बनेका थिए । त्यसपछि नेकपा माओवादी प्रवेश गरेका पौडेल मोहन वैद्य किरण नेतृत्वको माओवादी हुदै विप्लव नेतृत्वको नेकपामा प्रबेशपछि भूमिगत भएका थिए ।

मृतक पौडेल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा आगो लगाएको र संगठित अपराध, ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीमा बम विष्फेट गराएको अभियोग छ । त्यस्तै ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीमा बम बिष्फोट र ईलाका प्रहरी कार्यालय हरिवनमा विष्फोटक पदार्थ तथा संगठित अपराध मुदा दर्ता भएको प्रहरीले जनाएको छ ।

मृतक पौडेल बाहेक ३ जना व्यक्तिहरु प्रहरीलाई फायर गर्दै जंगल तर्फ भागेको र फरार रहेका ३ जना व्यक्तिहरु मध्ये एक जना नाम नखुलेको व्यक्तिको खुटामा गोली लागि घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट विष्फोटको लागि प्रयोग हुने डेडकर्ड ३ फिट, फयुज वायर ५ फिट, मेड इन यु एस ए लेखिएको रिभल्बर १ थान र त्यसमा लाग्ने गोली ४ राउण्ड मृत्कको झोलाबाट कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली २ राउण्ड बरामद गरेको छ । त्यस्तै ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

व्यापारीलाई धम्कि

मृतक पौडेल केहि दिन देखि लालबन्दी र हरिवनका व्यपारी, एवं सर्वसधारण व्यक्तिहरुलाई केहि दिन देखी जबरजस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने गरेको प्रहरीले जनाएको छ । जनमानसमा आंतक सिंर्जना गर्ने एउटा समुह सक्रिय रहेको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय निरन्तर गस्ती बढाएको प्रहरी उपरिक्षक गोपाल चन्द्र भटराईले बताए ।

घटना स्थल पुर्वपश्चिम राजमार्गबाट करिव ४ किलो मिटर उत्तरमा रहेको लखन्देही खोलाको भित्तामा भिडन्त भएको बताएको छ । साबिक सर्लाही ढुग्रेखोला गाविस हाल बागमती नगरपालिका–२ धरहरा घर भएका पौडेल नेकपा एमालेका कार्यकर्ता हुदै २०६४ सालमा चुरेभावर पार्टीका जिल्ला अध्यक्ष बनेका थिए । त्यसपछि नेकपा माओवादी प्रवेश गरेका पौडेल मोहन वैद्य किरण नेतृत्वको माओवादी हुदै विप्लव नेतृत्वको नेकपामा प्रबेशपछि भूमिगत भएका थिए ।

(Visited 415 times, 1 visits today)
Loading comments...