बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको परिवारको दावी

राकेश गुप्ता
2 months ago
21/06/2019

मलंगवा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल हत्याका विषयमा नयाँ रहस्य खुलेको छ । प्रहरीसँगको मुडभेडमा मारिएका भनिएका पौडेलको प्रहरी नियन्त्रणपछि हत्या भएको परिवारका सदस्यले दावी गरेका छन् । बिहिबार दिउँसो सर्लाहीको लालबन्दीबाट काम सकेर सिन्धुली जाँदै गरेका बेला बाटोमा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको उनका बाबु खिलराज पौडेलले बताए ।

‘मेरो छोरालाइ प्रहरीले समातेर किन मा-यो सत्यतथ्य छानबिन हुनुपर्छ, गल्ति गर्नेलाइ कानुन अनुसारको कारबाही हुनुपर्छ ।’ उनले भने । छोराको मृत्युबारे अहिलेसम्म प्रसाशनले कुनै जानकारी नदिएको बताए । छोरा मारिएको खबर सुनेपछि घटनास्थल तर्फ जाँदै गर्दा नवलपुरामा प्रहरीले जानवाट रोकेपछि आफु फर्केको पौडेलको भनाई छ ।

मृतक पौडेललाइ टाउको र हातमा दुइ गोली लागेको छ भने दुवै हात भाँत्चिएको जनाइएको छ । स्थानीय बासिन्दाले पौडेललाइ प्रहरीले समातेर गोली हानेको दावी गर्दै त्यसको सत्यतथ्य छानबिनको हुनु पर्ने माग गरेका छन् ।

प्रहरीले समातेर गोली हानेको दावी

बिहिबार दिउँसो सदा पोसामा खटिएका प्रहरीले घटनास्थलमा सर्वसाधरण नागरीकलाइ समेत जान नदिएकोले स्थानीयको भनाइ छ । सर्लाहीको लालबन्दी नगरपालिका– १ चन्द्रपुर जंगलमा बिहिवार दिउँसो प्रहरीसँगको दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दावी गरेको छ । दिउसो करिव १ः४५ वजे तिरको घटना भएपनि स्थानीयले दुइ घण्टा पछि थाहा पाएका थिए । स्थानीयका अनुसार जंगलमा दिउसो दोहोरो गोली हानाहानको आवज सुनिएको थिएन । बाटोमा बसेका ४/५ जना मान्छेले आफुहरुलाइ जंगल नजानु भनी रोकेको गाई चराउन जानेहरुको भनाई छ ।

मृतक पौडेललाइ टाउको र हातमा दुइ गोली लागेको छ भने दुवै हात भाँत्चिएको जनाइएको छ । स्थानीय बासिन्दाले पौडेललाइ प्रहरीले समातेर गोली हानेको दावी गर्दै त्यसको सत्यतथ्य छानबिनको हुनु पर्ने माग गरेका छन् । घटना स्थलमा मानवअधिकारकर्मीको टोली गए पनि अधिकारीक रुपमा कुनै प्रतिकृया सार्वजनिक भएको छैन । मृतक पौडेललका १२ वर्षका एक छोरा र १० वर्षका एक छोरी छन । स्थायी घर बागमती नगरपालिका –२ धरहरा भएका पौडेल नेपाली कांग्रेस हुदै नेकपा एमाले, माओवादी र अन्तिममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुगेका हुन् ।

हत्याको बदला एकिकृत जनक्रान्तीवाट

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले विज्ञप्ति जारी गर्दै सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिबाट लिने चेतावनी दिएको छ । यो घटनाको सर्लाहीका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र अन्य राजनीतिक दलका नेता तथा अगुवाले समेत निन्दा गरेका छन् । उनीहरुले समाजिक सञ्जाजमार्फत समस्याको समाधान छलफल र वार्ताबाटै हु्नुपर्ने बताएका छन् ।

सर्लाहीमा शोक

त्यसैगरी विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्लाही जिल्ला शोकाकुल बनेको छ । मृतकको शव पोष्टमार्टम पश्चात अहिले पनि जिल्ला अस्पतालमै अलपत्र अवस्थामा छ । सम्वन्धित प्रहरी कार्याल मार्फत मृतक परिवारलाई जानकारी गराए पनि अहिले सम्म शव बुझन नआएको प्रहरीले जनाएको छ ।

(Visited 670 times, 1 visits today)
Loading comments...