आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

बिहेको तयारी तर असारमा जुरेन शुभ साइत

राजधानी समाचारदाता
4 weeks ago
24/06/2019

काठमाडौं । अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री प्रियंका कार्कीको असारमा हुने भनिएको विवाहको शुभ साइत जुरेन । परिवारका जेठा छोरा आयुष्मान र अभिनेत्री प्रियंकाले असारमा विवाहको तयारी गर्दै थिए । तर, दुवैको चिना देखाउँदा असारमा राम्रो साइत नजुरेको हो ।
चलचित्र ‘प्रेम दिवस’को रिलिजसँगै अभिनेता आयुष्मान चलचित्र ‘सानो मन’को काममा व्यस्त छन् । अभिनेत्री प्रियंका नयाँ फिल्म हेलो जिन्दगीको काममा व्यस्त छिन् । दुवै व्यस्त भएका कारण यी दुईको विवाह असारमा स्थगित भएको भन्ने समाचारलाई अभिनेता आयुष्मानले अस्वीकार गरेका छन् ।

आफूहरूको विवाहबारे यसरी विभिन्न नकारात्मक समाचार आएपछि चलचित्र ‘सानो मन’को पत्रकार भेटघाटका क्रममा आइतबार अभिनेता आयुष्मानले प्रस्ट पारेका छन् । विवाह स्थगित भएको भन्ने समाचारबारे प्रस्ट पार्दै यी अभिनेताले भने, ‘हामीले असारमा विवाह गर्ने भनेको हो तर भनेको बेलामा विवाह गर्न तिथि जुर्नु पर्दोरहेछ, मौसम राम्रो हुनुपर्दोे रहेछ, सबैको फुर्सद हुनुपर्दो रहेछ, धनले पनि साथ दिनु पर्दोरहेछ । विवाहलाई भव्य बनाउन यी सबैकुरा जुराउनुप¥यो नि हैन र †’
अभिनेता आयुष्मान र अभिनेत्री प्रियंका अहिले व्यस्त छन् । एकपछि अर्को फिल्मको प्रदर्शनीले गर्दा अभिनेता आयुष्मानलाई भ्याइनभ्याइ छ । गत साता आयुष्मान र प्रियंकाको नयाँ फिल्म ‘प्रेम दिवस’ रिलिज भएको थियो । अब २० असारबाट आयुष्मानको अर्को फिल्म ‘सानो मन’ रिलिज हुँदै छ । यो फिल्मको केही प्राविधिक काम सक्न यी अभिनेतालाई अझै तीन दिन लाग्छ । बिहीबारबाट उनी फिल्मको प्रचारका लागि मोफसल यात्रामा निक्लँदै छन् । तर, फिल्मको व्यस्तताले गर्दा विवाह सारेको भन्ने कुरालाई उनले मानेनन् । राम्रो साइतको पर्खाइमा आफूहरू रहेको र त्यो साइत आएपछि भव्यताका साथ विवाह गर्ने पनि उनले जानकारी गराए ।

आयुष्मानजस्तै अभिनेत्री प्रियंका पनि चलचित्रको कामले व्यस्त छिन् । आफ्नो फिल्म ‘प्रेम दिवस’को प्रचार र प्रदर्शनलाई उनले जेठमा समय दिइन् । सोही क्रममा उनी अर्को चलचित्र ‘हेलो जिन्दगी’को छायांकनमा पनि व्यस्त भइन् ।
हेलो जिन्दगीको यसै साता छायांकन सकिएको छ । निर्देशक एभरेस्ट सूर्य बोहराका अनुसार यो चलचित्रको एउटा गीतको छायांकन चाँडै हुँदै छ ।

त्यसपछि कलाकारले स्वरांकनमा पनि समय दिनुपर्नेछ । यसरी प्रियंका असारमा पनि चलचित्र हेलो जिन्दगीमा व्यस्त हुनेछिन् ।यी दुवै अभिनेता–अभिनेत्री फिल्मकै काममा व्यस्त भएपछि उनीहरूले विवाहका लागि समय निकाल्न सकेनन् भन्ने समाचार पनि बाहिर आयो । आफूहरू चर्चामा आउन केही सञ्चार माध्यमले यस्तो समाचार लेखेको आयुष्मानले बताएका छन् ।
आफूहरूको विवाहसम्बन्धी कुनै पनि नकारात्मक कुरा नसोचिदिन र विवाह भव्य रूपमा चाँडै हुने भन्ने कुरामा सकारात्मक भइदिन पनि उनले आग्रह गरेका छन् । आयुष्मान र प्रियंकाले दुई वर्षको प्रेमसम्बन्ध पछि विवाहका लागि गत वर्ष नै टीकाटालो गरेका हुन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...