आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

गीत रेकर्ड गरेर जन्मदिन मनाइन् अञ्जु पन्तले

राजधानी समाचारदाता
4 weeks ago
25/06/2019

काठमाडौं । गायिका अञ्जु पन्तले गीत रेकर्ड गरेर जन्मदिन मनाएकी छिन् । मंगलवार एप्लस स्टुडियोमा भेटिएकी अञ्जु गीत रेकडिङको तयारीमा थिइन् । ‘तीनवटा जति गीत आज रेकर्ड गर्ने कार्यक्रम रहेको छ ।’ उनले भनिन् । रेकडिङ स्टुडियोमै उनका केही शुभचिन्तकहरु केक लिएर पुगेका थिए ।

राती १२ वजे उनलाई परिवारका सदस्यले विषेश केक ल्याएर वीस गरेका थिए । परिवारका सबैजना जम्मा भएर केक काट्दा रमाईलो अनुभुति भएको उनको भनाई थियो । जन्मदिनको अवसरमा स्कुले वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आएकी अञ्जु तीन दिनपछि तराई जाने भएकी छिन् । ‘तराईका वालवालिकालाई शैक्षिक सामग्री र लत्ता कपडा बाँड्ने योजना बनाएको छु । पर्सि तिर जान्छु ।’ उनले भनिन् ।

(Visited 64 times, 1 visits today)
Loading comments...