बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

दरवारमार्गको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ

राजधानी समाचारदाता
3 months ago
25/06/2019

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सशुल्क सवारी पार्किङको शुल्क तोकेको छ । महानगरले दुई पांग्रे सवारी साधनको प्रति घण्टा २५ रुपैयाँ र चार पाँग्रे सवारी साधनको घण्टाको ८० रुपैयाँ तोकेको छ ।

महानगरका अनुसार न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्री शहरी क्षेत्र र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल तथा लैनचौरसम्मको सार्वजनिक बाटो लगायतका तोकिएका स्थानमा सवारी पार्किङ गर्दा यो दुई पाङ्ग्रेको २५ र चार पाङ्ग्रेको ८० रुपैया तिनुपर्छ ।

(Visited 43 times, 1 visits today)
Loading comments...