बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

विप्लव नेकपाका चार कार्यकर्ता पक्राउ

राजधानी संवादाता
3 months ago
25/06/2019

रूकुम पश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।

त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रहरी टोली पुग्दा उनीहरुले शंकस्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उनले बताए ।

(Visited 38 times, 1 visits today)
Loading comments...