आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा संचालन : मुख्यमन्त्री

सुजीतकुमार झा
4 weeks ago
26/06/2019

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को सरकार समाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत महिलाको लागि शुरु गरिएको लोकसेवा तैयारी कक्षाको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढि रहेको उल्लेख गरे ।

उनले महिलाहरु सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने यथार्थलाई बुझदै प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तैयारी कक्षा संचालन गरेको उल्लेख गरे ।

उनले प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणको लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण, सामुदायिक विद्यालयहरुमा छात्रा मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरु अघि सारेको उल्लेख गरे ।

उनले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको समेत बताए ।

राजर्षि जनक क्याम्पसका प्रमुख धर्मेन्द्र झाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदी सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कौटिल्य इन्स्टिच्युट संगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरण एक सय एक जना महिलालाई लोकसेवाको तैयारी गराउन लागेको हो ।

(Visited 27 times, 1 visits today)
Loading comments...