बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

सिडियोले कार्यकक्षमै आफूलाई दूव्यर्वहार गरेको सांसद दासको आरोप

सुजीतकुमार झा
3 months ago
26/06/2019

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारीले आफूसंग दूव्यर्वहार गरेका प्रदेश २ का सांसद चमेली देवी दासले आरोप लगाएकी छिन । प्रजिअ प्रदीपराज कणेलले आफनो कार्यकक्षमै दुव्र्यवहार गरेको पत्रकार सम्मेलन गरी आरोप लगाएकी छिन ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ६ बस्ने ६५ वर्षीय बृद्ध किशोरी यादव नागरिकताको प्रतिलिपि लिनका लागि करिव एक हप्तादेखि जिल्ला प्रशासन कार्यालयमा धाउँदा पनि प्रतिलिपि नपाएपछि उनको सहयोगका लागि सांसद दास जिल्ला प्रशासन कार्यालय पुगेकी थिईन ।

सांसद दासले नागरिकता फाँटमा कुन कारणले प्रतिलिपि दिन ढिलाई भईरहेको कुरा कर्मचारीसँग सोध्दा उनीहरुले नटेरेपछि प्रमुख जिल्ला अधिकारी कणेलको कार्यकक्षमा पुगेकी थिईन । त्यहाँ सांसद दासले कर्मचारीको गुनासो पोख्न लाग्दा उनीसँग उल्टै अभद्र व्यवहार गरिएको उनको आरोप रहेको छ ।

प्रदेश सांसद दासले भनिन, ‘तलबाला फाँटका कर्मचारीले मलाई टेरेनन, बाध्य भएर सिडियोको कार्यकक्षमा पुगें । त्यहाँ मैले सिडियो साहेबलाई कुन कारणले ६५ वर्षीय वृद्धको नागरिकता दिनमा आलटाल भईरहेको छ भनेर प्रश्न गरें । सिडियो पहिलादेखि नै आक्रोशित देखिएका थिए । मेरो प्रश्नको जवाफमा सिडियोले बाहिर जानुस बोलाएपछि आउनु होला भनेर आक्रोशित मुद्रामा जवाफ फर्काए ।’

‘मैले भने, कर्मचारीले नटेरेपछि तपाई कहाँ आएको हुँ । तपाई पनि त्यस्तो कुरा गर्नुहुन्छ, त्यसपछि सिडियोले महिला प्रहरी लगाएर बाहिर निकाल्न धम्की दिएको र अपशब्द समेत प्रयोग गरेको, साँसद दासले भनिन, ‘जानकी मन्दिर हेर्न आएका व्यक्तिलाई पनि नागरिकता दिईन्छ त भनेर सिडियोले जवाफ फर्काएको उनले सुनाईन ।’

उनले यहाँबाट नगए महिला प्रहरी लगाएर यस्ता अपशब्द प्रयोग गर्ने महिलालाई बाहिर निकाल्न कर्मचारीलाई आदेश दिएपछि आफू आक्रोशित भएर बाहिर निस्केको सांसद दासले पत्रकार समक्ष गुनासो पोखिन् ।

यता प्रमुख जिल्ला अधिकारी कणेलसँग सांसद दासले गाँउघरको अनपढ महिला जस्तै व्यवहार प्रदर्शन गरेको जिकिर गरे ।  ‘हामी नियमपूर्वक मात्रे कार्य गर्नेछौँ,’ उनले बताए ।

(Visited 74 times, 1 visits today)
Loading comments...