आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

विद्यार्थीद्वारा नगरपालिका कार्यालय तोडफोड, मेयर र कर्मचारीको भागाभाग

सुजीतकुमार झा
4 weeks ago
26/06/2019

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका कार्यालयमा विद्यार्थीहरुले ढुंगामुढा र तोडफोड गरेका छन् । सो नगरपालिकाका मेयर बेचन दासले नगरपालिका क्षेत्रमा रहेका जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावकर र विद्यार्थी आन्दोलित भएका छन ।

यसै क्रममा आज तोडफोड गरिएको हो । नगरपालिकाको भाडामा प्रयोग गरेको गाडी, कार्यालयको झ्यालको सीसा र भित्र पार्किंग गरिएको केहि मोटसाईकलमा समेत क्षति पुगेको मेयर दासले जानकारी दिएका छन । तोडफोड भएपछि नगरपालिकाका मेयर र कर्मचारीहरु भागेका थिए ।

विद्यार्थीहरुले प्रधानाध्यपकको सरुवाको विरोधमा रहेका छन्। अहिले सो स्थलमा निकै संख्यामा प्रहरी परिचालन गरिएको छ ।

(Visited 45 times, 1 visits today)
Loading comments...