मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

गर्मीका कारण पर्साका सबै विद्यालय ३ दिन बन्द

तुलसी भण्डारी
3 months ago
26/06/2019

वीरगन्ज । केही दिनबाट मध्यतराईमा बढेको अत्याधिक गर्मीले विद्यार्थीहरु बेहोस् भएर ढल्न थालेपछि पर्साका सबै विद्यालयहरु बुधबारदेखि ३ दिनसम्म लागि बन्द गरिएका छन् । जिल्ला शिक्षा समिति पर्साको निर्णय अनुसार गर्मी विदामा कट्टा हुने गरी पर्साका सबै विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएका हुन् ।

पर्साको पटेर्वा सुगौली, नृसिंह मावि, त्रिजुद्ध माविमा मंगलबार विद्यार्थीहरु अध्याधिक गर्मीकै कारण बेहोस् भएर ढलेको कुरा आएपछि विद्यार्थी र शिक्षकहरुको पनि हितलाई ध्यानमा राख्दै जिल्लाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा समन्वय ईकाइ कार्यालय पर्साले जनाएको छ ।

विपत आउनु पूर्वको सतर्कतालाई मध्यनजर गर्दै पर्साका सबै विद्यालयहरु बुधबारबाट तीन दिन बन्द गर्न सर्कुलर गरिएको जिल्ला शिक्षा समन्वय इकाई पर्साका प्रमुख हरि राउतले बताए । वीरगन्ज महानगरपालिकाले भने जिल्ला समन्वय समितिसँग सहकार्य नगरी मंगलबार नै तिन दिनसम्मका लागि आफ्ना क्षेत्रका विद्यालय बन्द गरिसकेको छ ।

गएको असार १ गतेबाट ६ गतेसम्म पनि पर्साका सबै विद्यालयहरु गर्मीकै कारण ६ दिन बन्द गरिएका थिए । मंगलबारको पर्साको तापक्रममा ४४ डिग्री पुगे पनि बुधबार भने मध्यान्ह अघि आएको आँधी सहितको पानीले मौसममा अलि बलदी भएको छ ।

(Visited 23 times, 1 visits today)
Loading comments...