आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

जग्गा विवादमा २ वर्षीय बालकसहित परिवारै कुटिए, एकको अवस्था गम्भीर

एम के माझी
4 weeks ago
26/06/2019

राजविराज । जग्गा विवादमा एक पक्षको कुटाईबाट दुई वर्षीय अबोध बालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्थाको गम्भिर छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा बुधबार बिहान जग्गा विवादमा एक पक्षको कुटाइबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कंचन, चन्द्रिका, अमेरिका र दुई वर्षीय नाती नितिश घाइते भएका छन् ।

घाइते सबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये टाउँकोमा गम्भिर चोट लागेका दुखी मालीको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जग्गाको आली जबरजस्ती मिच्न खोज्दा रोक्ने क्रममा सोही वडा निवासी लालदेव माली, राजु माली, प्रभात माली, अनुराग माली लगायतका समूहले एक्कासी घरेलु हतियारले आक्रमण गरेको घाइते चन्द्रिका कुमारी मालीले बताइन् । कुटपिटबाट काँखमा बोकेको दुई वर्षीय नाती नितिश पनि घाइते भएको पारु मालीले सुनाइन् ।

घटनापछि आरोपी सबै फरार रहेको गाउँलेहरुले बताएका छन् । घटनाको अनुसन्धान तथा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 321 times, 1 visits today)
Loading comments...