आइतवार ५ श्रावण, २०७६ (Sunday, 21st July 2019)
५ श्रावण, २०७६ (21 July 2019)

यात्रा र सफलता

राजधानी समाचारदाता
3 weeks ago
29/06/2019

सफलताको सूत्र नै यात्रा हो । गतिशीलता नै अस्तित्वको कारण हो । हिँड्नु नै जिन्दगीको अर्को नाम हो । अमेरिकाका महान् कथाकार ओ हेनरीले यो कुरा स्विकार्दै भनेका थिए, ‘न्युयोर्कको गल्लीले मलाई कथाकार बनायो ।हेनरी फोर्ड (फोर्डकारका निर्माता) एक बयलगाडीमा आफ्नो सारा सामान र परिवार लादेर आफ्नो गाउँ छोडेर सहर आए, त्यसैले उनी एक समयमा दुनियाँका सबैभन्दा धनी मानिस बन्न सके ।
सबैभन्दा धेरै आविष्कार गरेर नाम कमाउन सफल वैज्ञानिक थोमस एल्भा एडिसन डेट्रोइट सहरमा १२ वर्षको उमेरमा एक्लै आएका थिए । विश्वविख्यात भौतिकशास्त्री अल्बर्ट आइन्सटाइन गृहराष्ट्र जर्मनी छोडी स्विजरल्यान्ड पसेका थिए । समय निरन्तर बग्ने तŒव हो । यदि हामीलाई समयसँगै हिँड्नु छ भने स्वयंलाई गतिशील बनाउनुपर्छ । यसर्थ। सफलता गतिमा निहीत छ ।

(Visited 62 times, 1 visits today)
Loading comments...