बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

भक्तपुरमा न्यायिक समितिका मुद्दा जग्गा किचलोकै अधि

सञ्जीव दुलाल
2 months ago
29/06/2019

भक्तपुर । चाँगुनारायण नगरपालिकाकी न्यायिक समितिकी संयोजक विना बास्तोलाको टेबलमा जग्गा किचोलको मुद्दा लिए रामबहादुर (नाम परिर्वतित) न्यायका लागि आएका छन् । उनको समस्या भनेको आफ्ना छिमेकीले उनको जग्गापट्टि झ्याल राखेर मापदण्ड छोडेनन् र आफ्नो जग्गा मिचेका छन् भन्ने हो ।
बास्तोलाको टेबलमा मुद्दा आएपछि उनले उक्त मुद्दा छिनोफानो गर्न अर्को पक्षलाई पत्राचार गरेर वार्तामा बोलाइन् । अर्को पक्ष पनि आफ्ना दलबलसहित आए तथापि बास्तोलाले उक्त मुद्दा मेलमिलापगरेर पठाइन् ।

मेरो घरपट्टि झ्याल राखियो । मेरो एक फिट जग्गा मिचियो । मेरा छोराछोरीले खान लगाउन दिएनन् । बाटो छोडेनन्लगायत विभिन्न किसिमका मुद्दा आफूहरूकोमा पनि आउने गरेको भक्तपुर नगरपालिकाकी उपमेयर एवं न्यायिक समितिकी संयोजक रजनी जोशी बताउँछिन् । हाम्रोमा आउने गरेका मुद्दा हामी बिहीबार इजलास बस्छौं । शुक्रबार के भएको हो फिल्डमा नै गएर हेरी मुद्दाको छिनोफाने गर्ने गरेको उनी बताउँछिन् । न्यायिक समितिका संयोजक उपप्रमुखलाई जिम्मा भएकाले उनीहरूको टेबलमा दिनहुँजसो विभिन्न किसिमका झैंझगडा एवं सम्बन्ध विच्छेदका मुद्दासम्म आउने गरेको उनीहरू बताउँछन् ।
हामीलाई न्यायिक समितिको जिम्मा दिइएको छ । जनताको सानातिना समस्या समाधानका लागि हामीले नगरपालिकामा एक अलगै संयन्त्र नै बनाएको भक्तपुरका चारै नगरपालिकाका उपप्रमुखहरुको भनाइ छ ।
भक्तपुरका चारै नगरपालिकाहरुको आँकडा हेर्दा जेठ मसान्तसम्म जिल्ला भर हालसम्म २२९ वटा न्यायिक समितिमा मुद्दा आएको देखिन्छ ।

आकडा हेर्दा सबैभन्दा सानो नगरपालिका भए पनि भक्तपुर नगरपालिकामा यसको मात्र बढी देखिन्छ । भक्तपुर नगरपालिकामा हालसम्म ९५ मुद्दाहरू न्यायिक समितिमा दर्ता भएको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन् । उनकाअनुसार नगरमा २०७४÷७५ बाट जिम्मेवारी आएका ६३ मुद्दा र नयाँ दर्ता भएर आएका ३२ गरी जम्मा ९५ मुद्दा छन्, जसमा हालसम्म ३४ वटा फछ्र्याैट भइसकेका छन् भने दुईवटा अदालत पठाइएको अन्य म्याद तामेलीमा रहेको उनले जानकारी दिइन् । उनका अनुसार हामीले हाम्रामा मुद्दा आउँदा सकभर मेलमिलाप नै गराउने नै प्रयास गर्ने गरेका छौं । उनीहरू नमिले कसरी दुवै पक्षलाई न्याय दिन सकिन्छ भनी हेर्ने गरेको उनी बताउँछिन् ।
यस्तै, सूर्यविनायक नगरपालिकामा न्यायिक समिति सुरुदेखि जेठ मसान्तसम्म ८३ मुद्दा दर्ता भएको उजुरी प्रशासक सुरोज पौडेलले जानकारी दिए ।
सूर्यविनायकमा आएका मुद्दाहरूमा जग्गा किचलोको १९, सम्बन्ध विच्छेदको ५, बाटोको मापदण्ड मिचेको १०, घरायसी झगडाका २५, निर्माण कार्य रोक्का ११ र अन्य १३ मुद्दा रहेका छन् । जसमा हालसम्म मेलमिलाप भएका मुद्दा १९, अदालत नै पठाएका ११ न्यायिक निरुपण भएका ३, तामेलीमा रहेका १४ र प्रक्रियामा रहेका मुद्दा ३६ रहेको उजुरी प्रशासक पौडेल बताउँछन् ।

चाँगुनारायण नगरपालिकामा आउने अधिकांश मुद्दा दर्ता हुनुभन्दा पहिला नै मेलमिलाप गराउन सकिन्छ कि भनी आफूहरूले पहिला मेलमिलापको बाटो अवलम्बन गर्ने गरेको उपप्रमुख विना बास्तोला बताउँछिन् । न्यायिक समिति गठनपछि दर्ता भएका मुद्दा २९ रहेको छ जसमा २२ वटा मुद्दाका किनारा लागि सकेको चारवटा अदालत पठाएको र अन्य तामेलीमा रहेको उनले जानकारी दिइन् । उनी भन्छिन्, ‘मुद्दा किनारा लगाउन तोकिएको तीन महिनाको अवधि भने कमी नै भएको उनीले सुनाइन् ।

भक्तपुरमा कम मुद्दा भएको नगरपालिकामा थिमी नगरपालिका देखिएको छ । जहाँ हालसम्म जम्मा २२ मुद्दा दर्ता भएको नगरपालिकाले जानकारी दिएको छ । अनियमित निर्माण जग्गा किचलोको नै बढी मुद्दा रहेका उक्त नपामा ३ मुद्दा मेलमिलाप गराइसकेको २ अदालत पठाइएको र अन्य मुद्दा प्रक्रियामा रहेको छ ।
भक्तपुरका चारै नगरपालिकामा न्यायिक समितिमा आएका मुद्दा हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी मुद्दा मापदण्ड मिचेका, अनियमित निर्माणलगायत जग्गासम्बन्धी नै रहेको देखिन्छ । आफ्नो नगरपालिकामा आएका मुद्दा किनारा लगाउन पहिला केही समस्या आए पनि हाल भने आफूहरूले पनि केही कानुनी ज्ञान लिँदै कानुनी सल्लाहकारहरूको सल्लाहबमोजिम काम गर्दै न्याय निरुपणको काम गर्दै आएको उपप्रमुखहरूको एकै भनाइ छ । यस्तै, मुद्दाको एक चाङ नै भक्तपुरका हरेक स्थानीय निकायका टेबलमा रहने गरेको स्थानीय निकायका उपप्रमुखहरू बताउँछन् ।

(Visited 18 times, 1 visits today)
Loading comments...